माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ, २६ कात्तिक । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बस्दैछ । विधान संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न आज बैठक बस्न लागेको हो । बैठक भर्चुअल माध्यमबाट साँझ ६ बजे बस्ने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । पार्टी कामका सिलसिलामा केन्द्रीय सदस्यहरू उपत्यका बाहिर रहेका कारण भर्चुअलरूपमा बैठक बस्न लागेको उहाँले बताउनुभयो । सदस्यता विस्तार, नवीकरणलगायत साङ्गठनिक सुदृढीकरणमा माओवादी केन्द्रित भएको छ । राष्ट्रिय सम्मेलनको तयारीस्वरुप सो पार्टीले वडा, पालिका र प्रदेश सम्मेलनको तयारी तीव्र पारेको छ । आगामी पुस ११ देखि १३ सम्म माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौँमा हुँदैछ ।

यो पनि पढ्नुहोस्..सुस्ताको विकासमा फाउण्डेशनले सहकार्य गर्ने
परासी, २६ कात्तिक । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित सुस्ता गाउँपालिकाको विकास र समृद्धिमा लुम्बिनी गार्डेन फाउण्डेशन स्पेनले सहयोग गर्ने भएको छ । फाउण्डेशनले समृद्ध सुस्ता निर्माणका लागि आवश्यक पर्ने क्षेत्रमा आवश्यक लगानी, सहकार्य र सहयोग गर्ने जनाइएको छ । यसका लागि गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे र फाउण्डेशन स्पेनका अध्यक्ष जुसे मनुअल भिलानोभाबीच संस्थागत सम्बन्ध कायम, सहकार्य र समझदारीपत्रमा हस्ताक्षर भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको विशेष उपस्थितिमा लुम्बिनीमा उक्त समझदारीपत्रका हालै हस्ताक्षर भएको हो ।

सुस्ताको पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, उद्योगलगायतका क्षेत्रको विकासमा उक्त संस्थाबाट आवश्यक सहयोग प्राप्त हुने गाउँपालिका अध्यक्ष पाण्डेले राससलाई जानकारी दिनुभयो । “हामी केही समयअघि यो संस्थाको सदस्य पनि भएका थियौँ, कुन–कुन क्षेत्रमा लगानी गर्दा गाउँपालिकाको समृद्धि हुन्छ, त्यसमा उक्त संस्थाले लगानी गर्नेछ, यो राम्रो उपलब्धि हो”, उहाँले भन्नुभयो । गाउँपालिकाअन्तर्गत रहेको भगवान् गौतमबुद्धले बुद्धत्व प्राप्त गर्न बोधगया प्रस्थान गर्नुअघि कपाल मुण्डन गरी गेरुवस्त्र धारणा गरेको पुरातात्विक तथा ऐतिहासिकस्थल अनोमाघाटसहित यहाँका अन्य पर्यटकीयस्थलको विकास र प्रवद्र्धन, प्राविधिक विद्यालय, अस्पताल निर्माण, आँखा अस्पताल स्थापनालगायतका विकास योजनामा सहकार्य गर्ने समझदारी भएको गाउँपालिका अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।