प,हिराले ज्यान गु,माएका परिवारलाई ,राहतस्वरुप रु एक लाख पाँच हजार प्रदान

डोटी, २६ कात्तिक।यहि कात्तिक २ गते प,हिरोसँगै आएको ढुङ्गा लागेर ज्यान गुमाएकी वडा नं ११ बल्यागडाकी ३६ वर्षीय मन्धरी बलायरको परिवारलाई शिखर नगरपालिकाले राहतस्वरुप रु एक लाख पाँच हजार प्रदान गरेको छ । नगरप्रमुख शीताराम जोशीसहितको टोलीले मृतकको घरमै गएर परिवारलाई उक्त रकम हस्तान्तरण गरेकोे हो । नगरपालिकाका तर्फबाट रु एक लाख र नगरपालिकाका लेखा अधिकृत रतन माझीको व्यक्तिगततर्फबाट रु पाँच हजार गरी रु एक लाख पाँच हजार हस्तान्तरण गरिएको नगरप्रमुख जोशीले जानकारी दिनुभयो । यही कात्तिक २ गते पहिरोसँगै आएको ढुङ्गा लागेर मन्धरीको मृ,त्यु भएको थियो । असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको बेमौसमी अविरल वर्षाका कारण उक्त नगरपालिकामा एक जनाको मृ,त्यु हुनाका साथै दर्जनौँ घरमा क्षति पुगेको थियो । बाढी र पहिराले सयौँ भौतिक संरचनामा क्ष,ति पु¥याउनाका साथै हजाराँै रोपनी जमिन बगाएको थियो । नगरपालिका भित्र बा,ढी र पहिराले पु¥याएको क्षतिका बारेमा विवरण सङ्कलन भइरहेको र राहतका लागि आवश्यक पहल पनि भइरहेको नगरपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस्..कर्मचारी अभावमा सेवा प्रवाह प्रभावित
डोटी, २६ कात्तिक । जिल्ला प्रशासन कार्यालयमा लामो समयदेखि दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । दरबन्दीका कर्मचारी नभएका कारण पछिल्लो समय सेवाग्राही समस्या भएको दिपायल सिलगढी नगरपालिका–२ का स्थानीयवासी रमेशबहादुर नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “ प्रशासनमा शाखा अधिकृत पनि छैनन्, नागरिक लिन जाँदा पनि खाली हात फर्किनुपर्ने वा दुई÷तीन दिन कुर्नुपर्ने अवस्था आएको छ ।”कर्मचारी पठाउन गृह मन्त्रालयमा पटक–पटक पत्राचार गरे पनि हालसम्म कर्मचारी नपठाएकाले समस्या उत्पन्न भएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “तोकिएको दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ, कर्मचारी पठाउन पत्राचार गरेका छौँ, तर अहिलेसम्म पठाएका छैनन्, सेवाग्राहीलाई समस्या भयो ।”

पछिल्लो समय जिप्रकाबाट नागरिकता लिने सेवाग्राहीको भीड बढेपछि कर्मचारी अभावमा सेवा प्रवाहमा दिनहुँ समस्या हुँदै आएको छ । कार्यालयमा प्रजिअसहित २१ जनाको दरबन्दी रहेकामा हाल १७ मात्र कार्यरत छन् । कार्यरत कर्मचारीमा केही कारागारमा पठाइएका कारण पनि सेवाग्राहीका काममा समस्या उत्पन्न भएको बताइएको छ ।कार्यालयमा महिनौँयतादेखि कर्मचारी अभावले सेवाग्राहीले सास्ती झेल्न बाध्य भएको अर्का स्थानीयवासी दीर्घबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार लामो लाइन बस्दा पनि समयमा काम नहुँदा सेवाग्राहीले सास्ती झेल्न बाध्य हुँदै आएको र खाली हात घर फर्किनुपर्ने अवस्था आएको छ । नागरिकता फाँटका एक प्रशासकीय अधिकृत, नायबसुब्बा सातमध्ये दुई र खरिदार चारमध्ये दुई तथा एक चालकको दरबन्दी महिनौँदेखि खाली रहेको छ । प्रशासनमा अहिले नागरिकतासहित अन्य सेवा लिन आउने सेवाग्राहीको भीड रहेको जनाइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।