धनकुटामा २ दिने स्थलगत चित्रकला कार्यशाला

धनकुटा,२६ कार्तिक । हाम्रो बहुमुखी पाठशाला धनकुटाले “रंगमा मेरो धनकुटा, घुम्न आऊ धनकुटा” भन्ने मुल नाराका साथ स्थलगत चित्रकला कार्यशालाको आयोजना गरेको छ ।

पाठशालाले आयोजना गरेको कार्यक्रमा बोल्दै प्रमुख अतिथी तथा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्ग चित्रकला विद्या समाजको आँखामा अहिले पनि छायाँमा रहको भन्दै बहुमुखी पाठशालाले त्यस लाई उजागर गर्दै लगेको बताउँनु भयो । साथै उहाँले यस्ता कार्यक्रमले नयाँ प्रतिभा जन्माउनको साथै धनकुटाको पर्यटनमा यस्तो कार्यले सहयोग गर्ने बताउँनु भयो ।

कार्यक्रमा धनकुटा नगरपालिका वडा न ७ का वडा अध्यक्ष जंगबहादुर राई, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई, अन्र्तराष्टिय जल रंग समाज नेपालका अध्यक्ष एनबी गुरुङ्ग, महासचिव दिपेन्द्रमान बनेपाली,सदस्य डिवी राई , प्रदेश न १ संयोजक महेन्द्र राई, प्रदेश न २ संयोजक मुकेश महतो, त्यस्तै सदस्य छेतेन शेर्पा लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको संचालन सरोज भूजेलले गर्नू भएको थियो भने स्वागत मन्तव्य चित्रकला विभाग संयोजक डिल्ली कृष्ण आलेले गर्नु भएको थियो । पाठशालाका संरक्षक मीनकुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

यो पनि…अधिकांश स्थानीय तहका कार्यालय भाडाका घरमा
–मीमबहादुर थापा/मान्म, २६ कात्तिक (रासस) ः कालीकोटका अधिकांश स्थानीय तहका कार्यालय भाडाका घरमा सञ्चालनमा छन् । जिल्लाका नौवटा स्थानीय तहमध्ये खाँडाचक्र र रास्कोट नगरपालिका तथा महावै, शुभकालिका, सान्त्री त्रिवेणी र पलाता गाउँपालिकाले भाडाका घरमा कार्यालय सञ्चालन गर्दै आएका हुन् ।

नरहरिनाथ, महावै, पलाता, रास्कोटलगायतका स्थानीय तहले कार्यालय भवन निर्माण सुरु गरे पनि आफ्नै भवनमा सञ्चालन गर्न अझै तीन÷चार वर्ष कुर्नुपर्ने अवस्था रहेको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताउनुभयो । “साविकको कुमालगाउँ गाविसको भवनमा गाउँपालिकाले प्रशासनिक काम गरिरहेको भएपनि अन्य शाखा र स्टोर भाडाका घरमा राख्नुपरेको छ”, उहाँले भन्नुभयो, “आफ्नै प्रशासनिक भवन निर्माणको काम थालनी गरिएको छ तर, बन्नका लागि केही समय लाग्नेछ ।”

सान्नीत्रिवेणी गाउँपालिकाले स्थानीय पञ्चदेवल मावि र जनचेतना बहुमुखी क्याम्पसको भवनमा कार्यालय सञ्चालन गरेको चार वर्ष पुगेको र पालिका भवनको अझै टुङ्गो नलागेको गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताउनुभयो । “विद्यालय र क्याम्पसलाई समस्या नपर्ने गरी केही कोठा प्रयोग गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “भवन बनाउन अहिलेसम्म जग्गाको टुङ्गो लागेको छैन ।”

साविकको मुम्रा, मेहेलमुडी र रकु गाविस मिलेर बनेको यो गाउँपालिकाको वडा नं २ बुठिंगेबाहेक अन्य वडाका पनि आफ्नै कार्यालय भवन छैन । मुम्रा–८ र ९ का कार्यालय पनि डाँफे मावि मुम्राको भवनमा छ । ठाउँ अभावले दुवै वडाको कार्यालय एउटै ठाउँमा राखिएको अध्यक्ष शाहीले बताउनुभयो । कार्यालय सञ्चालन गर्न अन्यत्र ठाउँ नभएपछि शैक्षिक संस्थाको खाली रहेको भवनमा गाउँपालिका सञ्चालन गरिएको उहाँको भनाइ छ । खाँडाचक्र नगरपालिकाले करिब चार वर्षअघि आफ्नै भवन बनाउन पहल थाले पनि जग्गा अभावमा प्रक्रिया अघि बढ्न नसकेको बताइएको छ । नगरपालिकाले घर भाडामा मात्र वार्षिक करिब रु ३० लाख खर्च गरिरहेको खाँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले बताउनुभयो । “चालु आर्थिक वर्षमा पनि घर भाडाबापत रु ३० लाख प्रस्ताव गरिएको छ”, उहाँले भन्नुभयो, “सदरमुकामस्थित खाँडाचक्र नगरपालिकाले चार वर्षदेखि स्थानीय तीन जनाका घर भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेको छ ।”

रास्कोट नगरपालिकाले पनि विषयगत शाखा र आठ वटा वडा कार्यालय भाडाकै घरमा सञ्चालन गरिरहेको छ । त्यस्तै, ११ वटा वडा कार्यालयका लागि रु पाँच लाखदेखि सात लाखसम्म बजेट विनियोजन गरेर नगरसभाबाट स्वीकृत भइसकेको छ । पचालझरना गाउँपालिकाले अस्थायी टहरा निर्माण गरेर पडेक्षामा कार्यालय सञ्चालन गर्दै आएको छ । प्रशासनिक भवन बनाउनका लागि ठेक्का स्वीकृत भएको गाउँपालिकाका अध्यक्ष खड्क सेजुवालले जानकारी दिनुभयो ।
–

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖