धनकुटा सांगुरीगढीका पहिरो पीडितलाई राहत वितरण

धनकुटा, २७ कात्तिक । धनकुटा साँगुरीगढी गाउँपालिका-६ मुक्तेन र मझियाका पहिरो पीडित २६ घरपरिवारलाई गोर्खा वेल्फेयर ट्रस्टले खाद्यान्नसहित दैनिक उपभोग्य सामाग्री प्रदान गरेको छ ।

साँगुरीगढी गाउँपालिका-६ को वडा कार्यालयको विशेष पहलमा गोर्खा वेल्फेयर ट्रस्ट नेपालको उत्थानशील खानेपानी, सरसफाइ, स्वच्छता तथा आपत्कालीन पूर्वतयारी कार्यक्रमअन्तर्गत मुक्तेन र मझियाका २६ घरपरिवारलाई राहत वितरण गरिएको हो ।

साँगुरीगढी गाउँपालिका-६ का वडाध्यक्ष यमप्रकाश (दीपक) मगर को रोहवरमा गोर्खा वेल्फेयर ट्रस्ट धरानले स्थलगत रूपमा पुगेर दाल, चामल, तेल, ग्यास चुल्हो, साबुन जस्ता १९ प्रकारका दैनिक उपभोग्य तथा खाद्यान्न सामाग्री पहिरो पीडित परिवारलाई वितरण छ ।

मझुवा र मुक्तेन गाउँमा केही वर्षदेखि लगातार पहिरो जाँदा २६ मध्ये ११ घरपरिवार विस्थापित भइसकेको वडाध्यक्ष मगरले बताए। उनीहरू नजिकै रहेको आफन्तको जग्गामा अस्थायी टहरा निर्माण गरी बसिरहेका छन् । कात्तिक पहिलो साता अविरल रूपमा परेको वर्षाले सो क्षेत्रका अन्य बस्तीसमेत जोखिममा छन् । सो क्षेत्रको पहिरोले भेडेटार–रवि–राँके सडकलाई समेत झनै जोखिम बनाएको छ ।

साँगुरीगढी गाउँपालिका-६ मझुवाका टिकाराम घागा मगरको घर सहित १० रोपनी वारि पहिरोले बगाइदिएपछि अहिले उनी ससुरालीको जग्गामा अस्थायी टहरा बनाई बसेका छन् । घरबार विहीन भएका हामीलाई गोर्खा वेल्फेयरले खाद्यान्न सहितको दैनिक उपभोग्य सामाग्री दिँदा खुसी लागेको उनले बताए ।

‘कमाई गर्ने जग्गा पहिरोले बगायो। हामी अहिले बिचिल्लीमा छौं,’ उनले भने, ‘पहिरो गएको घरजग्गा हेर्दा मन थामिँदैन ।’ सरकारले स्थायी रूपमा हुने गरी स्थानान्तरणको व्यवस्था मिलाउन पहल गरिदिन समेत उनले अनुरोध गरे ।

गोर्खा वेल्फेयर ट्रस्ट नेपाल धरानका एकाउन्टेन सुरेन्द्र मादेनले पहिरोले घरबार विहीन वनेका यहाँका घरपरिवारलाई केही सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।