सहिदभूमि गाउँपालिकामा सहिद दिवस र पापानीको अवसरमा दुई दिन सार्वजनिक बिदा
धनकुटा, २८ कात्तिक ।धनकुटाको सहिदभूमि गाउँपालिकाले सहिद दिवस र पापानीको अवसरमा सार्वजनिक बिदा दिएको छ। सहिद दिवसको अवसरमा भोलि सोमबार र पापानीको अवसरमा १२ मंसिरमा बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ।
गाउँ कार्यपालिकाले शुक्रबार गरेको निर्णयअनुसार छिन्ताङ ह’त्या’का’ण्डमा सहादत प्राप्त गरेका सहिदहरूको सम्मान र सम्झनामा मनाइने ४३औँ सहिद दिवसको अवसरमा र किराँत जातिको मुख्य पर्व पापानीको अवसरमा १२ मंसिरमा सार्वजनिक बिदा दिएको हो। गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यले आइतबार सूचना जारी गर्दै सहिद दिवस र पापानीमा सार्वजनिक बिदा दिएको जनाएको छन्।
गाउँपालिकाले हरेक वर्ष सहिद दिवस र पापानीमा सार्वजनिक बिदा दिँदै आएको छ। कात्तिक २०३६ मा छिन्ताङमा तत्कालिन सरकारले कम्युनिष्ट कार्यकर्ता रहेको भन्दै मच्चाएको ह’त्या’का’ण्डमा १६ जनाको ह’त्या भएको थियो । सरकारले १६ जनाकाे ह’त्या भएकाे ३८ वर्षपछि २८ पुस २०७४ मा राष्ट्रिय सहिद घोषणा गरेको थियो । छिन्ताङमा हरेक वर्ष २९ कात्तिकमा सहिद दिवस मनाउँदै आइएको छ।
यो पनि …सराङकोटमा पर्यटन साहित्य उत्सव
गण्डकी, २८ कात्तिक (रासस) ः अन्तर्राष्ट्रिय साहित्य समाज केन्द्रीय समिति (वासिङटन डिसी)को आयोजनामा पोखरामा एक दिने पर्यटन साहित्य उत्सव सम्पन्न भएको छ । पर्यटकीयस्थल सराङकोटमा आयोजित उत्सवमा कृति लोकार्पण, चर्चा परिचर्चा, रचना वाचनलगायत कार्यक्रम गरिएको थियो ।
साहित्य र पर्यटन एक अर्काका पर्याय भएकाले अनेसासले यस्ता उत्सव विभिन्न समय र स्थानमा सञ्चालन गर्दै आएकामा यस पटक पोखराको सराङकोटमा आयोजना गरिएको ‘ट्रस्टिज’ सदस्य ऋषि बरालले बताउनुभयो । उत्सवको पहिलो सत्रमा अनेसासका बोर्ड अफ ‘ट्रस्टिज’ सदस्य साहित्यकार तीर्थराज अधिकारीका ‘जुनका टुक्राहरू’ नामक अङ्ग्रेजी–नेपाली मुक्तक सङ्ग्रह र अधिकारीकै साधनाको स्वर्णवर्ष पुगेको अवसरमा प्रकाशित ‘साधनाको स्वर्ण वर्षः मुक्तकमणि तीर्थराज अधिकारी’ दुई कृति लोकार्पण गरिएको थियो ।
कार्यक्रममा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले दुवै कृति लोकार्पण गर्दै स्रष्टामा असल भावनाको विकास भए नयाँ कृति प्रकाशनका लागि विषयवस्तु खोज्नु नपर्ने धारणा व्यक्त गर्नुभयो ।स्रष्टाको सम्मान जिउँदैमा हुनुपर्नेमा जोड दिँदै उहाँले कृतिकार अधिकारीको साधनाको वास्तविक सम्मान भएको बताउनुभयो ।
अनेसासका केन्द्रीय सल्लाहकार सुमल गुरुङले भाषा, कला र साहित्यको उत्थानका लागि मात्र आफूहरू क्रियाशील नभएर पर्यटन र साहित्यलाई एकै सिक्काका दुई पाटा बनाएर अघि बढेको जानकारी दिनुभयो ।डा. जगन्नाथ रेग्मीले अधिकारीको जीवनयात्रालाई बुझ्न लोकार्पित कृति सहयोगी हुने धारणा व्यक्त गर्नुभयो ।कार्यक्रममा सहभागी स्रष्टालाई सम्मान पनि गरिएको थियो ।


