जलरंग चित्र प्रर्दशनी

धनकुटा,२८ कार्तिक । हाम्रो बहुमुखी पाठशाला धनकुटाले “रंगमा मेरो धनकुटा, घुम्न आऊ धनकुटा” भन्ने मुल नाराका साथ स्थलगत चित्रकला कार्यशालामा चित्रकारहरुले सिर्जना गरेका चित्रहरु प्रदर्शनीमा राखिएको छ ।

चित्रहरु धनकुटाको मदन चोकमा प्रदर्शनिमा राखिएको हो । जलरंग सिर्जना मार्फत धनकुटालाई चिनाउन हाम्रो बहुमुखी पाठशालाले चित्रकला कार्यशालाको आयोजना गरेको थियो । चित्रकारहरुले धनकुटाको प्रकृति, संस्कृति र सामाजिक जनजीवन झल्कने चित्र आफ्ना क्यानभासमा उतारेका थिए ।

दुई दिने कार्यशालामा जलरंग बिधाका २६ जना सर्जकले चित्र बनाएका र ति चित्रहरु प्रदर्शनिमा राखिएको हाम्रो बहुमुखी पाठशालाका चित्रकला विभाग संयोजक डिल्लीकृष्ण आलेल जानकारी दिनु भयो ।

यो पनि पढ्नुहोस् ..सहिद दिवस र पापानीको अवसरमा सार्वजनिक बिदा
धनकुटा, २८ कात्तिक ।धनकुटाको सहिदभूमि गाउँपालिकाले सहिद दिवस र पापानीको अवसरमा सार्वजनिक बिदा दिएको छ। सहिद दिवसको अवसरमा भोलि सोमबार र पापानीको अवसरमा १२ मंसिरमा बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ।

गाउँ कार्यपालिकाले शुक्रबार गरेको निर्णयअनुसार छिन्ताङ ह त्या का ण्डमा सहादत प्राप्त गरेका सहिदहरूको सम्मान र सम्झनामा मनाइने ४३औँ सहिद दिवसको अवसरमा र किराँत जातिको मुख्य पर्व पापानीको अवसरमा १२ मंसिरमा सार्वजनिक बिदा दिएको हो। गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यले आइतबार सूचना जारी गर्दै सहिद दिवस र पापानीमा सार्वजनिक बिदा दिएको जनाएको छन्।

गाउँपालिकाले हरेक वर्ष सहिद दिवस र पापानीमा सार्वजनिक बिदा दिँदै आएको छ। कात्तिक २०३६ मा छिन्ताङमा तत्कालिन सरकारले कम्युनिष्ट कार्यकर्ता रहेको भन्दै मच्चाएको ह त्या का ण्डमा १६ जनाको ह त्या भएको थियो । सरकारले १६ जनाकाे हत्या भएकाे ३८ वर्षपछि २८ पुस २०७४ मा राष्ट्रिय सहिद घोषणा गरेको थियो । छिन्ताङमा हरेक वर्ष २९ कात्तिकमा सहिद दिवस मनाउँदै आइएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।