कृषकहरुलाई ४ लाख बरावरको बीउ बितरण
नारायण कुमार राई/धनकुटा २८ कार्तिक । छथर जोरपाटी धनकुटाले कृषकहरुलाई उन्नत जातको तरकारीको बीउ बितरण गरेको छ ।
पालिकाले पालिकाका सबै छ वटा वडाका कृषहरुलाई ५० प्रतिशत अनुदानमा ४ लाख बराबरको मटर र मुलाको बीउ बितरण गरेको हो ।
पालिकाले ३ कृषि सहकारी,२६ कृषक समुह र १० वटा नीजि फर्म मार्फत् कृषकहरुलाई बीउ बितरण गरेको पालिकाका कृषि शाखा प्रमुख मिलन कार्कीले जानकारी दिनुभयो ।
उक्त तरकारीको बीउ पालिका अध्यक्ष शेरबहादुर लिम्बूले संस्था तथा समुहका प्रतिनीधिहरुलाई प्रदान गर्नुभएको छ ।
अनुदानको बीउबाट पालिकाका ७९० भन्दा बढी कृषकहरु लाभाम्बित हुने पालिकाको कृषि शाखाले जानकारी दिएको छ ।


