हामीलाई कुनै राजनीतिक दलको ट्याग हैन, शहिद परिवार भनेर चिन्ने परिचय पत्र चाहिन्छ -शहिद परिवार
धनकुटा । छिन्ताङ ह’त्या का’ण्डका शहिद परिवारले आफुहरुलाई कुनै पार्टीको लेवल -ट्याग_ स्वीकार्य नभएको बताएका छन् । ४३ औ छिन्ताङ शहिद दिवसको अवसरमा शहिदभूमी गाउँपालिका पिप्ले धनकुटा शहिद परिवारले आयोजना गरेको कार्यक्रममा बोल्दै उनिहरुले त्यस्तो बताएका हुन् ।

२०३६ साल छिन्ताङ ह’त्या का’ण्डका शहिद लाखमान साधुका छोरा गंगा बहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा उनिहरुले आफ्ना परिवारका सदस्यले कुनै एक राजनीति दलको स्वार्थका लागि नभई देश विकास र परिवर्तनका लागि आफ्नो जीवन वलिदान दिएको उल्लेख गर्दै शहिद परिवार र शहिदहरुलाई कसैले पार्टीगत ट्याग लगाउन नमिल्ने वताएका छन् ।
त्यसरी देशको निम्ति जीवन आहुति दिएका शहिदका परिवारलाई पटक-पटक दोसल्ला र माला पहिर्याएर सम्मान मात्र गर्नु भन्दा सरकारले आफुहरुलाई शहिद परिवार भनि परिचय पत्र नै दिनु पर्ने माग गरेका छन् । साथै उनिहरुले यसअघि शहिद दिवस कसैले कार्तिक २७ कसैले कार्तिक २९ गते मनाई रहेकामा खास शहिद दिवस कार्तिक २८ गते मनाउने बताएका छन् । उनिहरुले सहिद परिवार स्वयम् पनि सचेत भई राजनितिक दलहरुले देखाएकाे लाेभ लालचमा नअल्मलि अाफ्नाे अधिकारका लागि एकतावद्व हुनुपर्ने बताएका छन् ।
छिन्ताङ ह’त्या का’ण्डका १६ जना शहिदहरुको शालिक स्थापनाका लागि तत्कालिन (माले) का महासचिव मदन भण्डारीले २०४७ साल कार्तिक २८ गते शिलान्यास गरेको कारण यस वर्षदेखी यही दिनलाई शहिद स्मृती दिवसको रुपमा मनाउन थालेको उनिहरुले बताएका छन् । शहिद पार्कको भने तत्कालिन प्रधानमन्त्री हाल नेकपा (एकिकृत) समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले २०५३ सालमा उद्घाटन गर्नुभएको थियो ।
शहिद परिवार सहित विभिन्न राजनीतिक दलका प्रतिनीधिले उपस्थिती जनाएको कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले शहिद परिवारलाई वर्तमान सरकारले मासिक ३ हजारको दरले भत्ता उपलब्ध गराउने जानकारी गराएका थिए । साथै शहिद परिवारलाई दिने भनिएको १० लाख रकम अघिल्लो सरकारको पालामा क्याविनेटमा रोकिएकोमा अब यही सरकारले उपलब्ध गराउने सहभागी बक्ताहरुले बताएका छन् । गठबन्धन दलहरुको पहलमा शहिद सप्ताहको अवसर पारि शहिद परिवारलाई प्रशिक्षण दिने पनि वक्ताहरुले बताएका छन् ।
“छिन्ताङ वि’द्रोहका महान शहिदहरु अम्मर रहुन्” भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो । कम्युनिष्ट नेतृत्वकाे सरकारले राष्टिय शहिद घाेषणा गर्न नसकेकाे छिन्ताङ ह’त्या का’ण्डका शहिदहरुलाई पूर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री एवम् नेपाली कांग्रेसका सह-महामन्त्री सुनिल बहादुर थापाको पहलमा २०७४ सालमा नेपाली कांग्रेस नेतृत्वको सरकारले राष्ट्रिय शहिद घोषणा गरेको थियो । यसअघि शहिद पार्कमा छिन्ताङ ह’त्या का’ण्डका १६ जना शहिदको मात्र शालिक राखिएकोमा हाल जनयु’द्ध कालमा शहादत्त प्राप्त गरेका शहिदहरु चित्त कुमार राई (नकुल),तिलक राई (अजय),तीर्थ राई (समिर) र नगेन्द्र प्रसाद राईको पनि शालिक स्थापना गरिएको छ ।
कार्यक्रममा शहिद परिवारको तर्फबाट गोपाल आनन्दका छोरा डिक बहादुर राई,शहिद सरोकार समाज धनकुटाका अध्यक्ष तथा आँखिल्ला गाविसका पूर्व अध्यक्ष तिलक प्रसाद राई, नेकपा माओवादी केन्द्रका जिल्ला सह-ईञ्चार्ज डिल्लीराम राई,गाउकमिटी सह-ईञ्चार्ज भरत सिंह राई,जनता समाजवादी पार्टीका गाउ कार्य समितिका सह-ईञ्चार्ज नाथुराम राई लगायतले मन्तव्य राखेका थिए ।


