उत्कृष्ट कृषकलाई सम्मान तथा उन्नत जातको आलुको विउ वितरण
धनकुटा । शहिदभुमि गााउपालिका वडा नं ४ खोकुले एक कार्यक्रमका बीच सर्वोत्कृष्ट,उत्कृष्ट कृषकलाई सम्मान तथा उन्नत जातको आलुको विउ वितरण गरेको छ ।

एमाले जिल्ला पार्टी अध्यक्ष तथा संघीय प्रतिनिधि सभासदस्य राजेन्द्र राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ५२ क्वीण्टल १४ के जि आलुको वीउ वडा नं ४ का कृषकलाई वितरण गरिएको हो । कार्यक्रममा बोल्नु हुदै संघीय प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले जनताको जीवनमा परिवर्तन ल्याउन , अर्थिक रपान्तरण गर्नका लागि कृषिक्षेत्रमा प्राबिधिक विषयलाई जोडदिनु पर्ने बताउनु भयो ।
किसानलाई कसरी व्यवसायकिरण र आधुनीकिकरण गर्न र कृषिमा आधुनिकीकरण ल्याउनका लागि एमाले पार्टीले सधै गम्भिर संग सोचेर काम गरिरहेको बताउनु भयो । साथै सहिदभुमिमा किसानको जिवन स्तरमा सुधारका लागि कृषि क्यामपसको व्यवस्था गर्ने बताउनु भयो ।
त्यस्तै कार्यक्रममा तरकारी उत्पादनमा सर्वोत्कृष्ट भएका ४ जना कृषकलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा जयकुमार राई,ओमप्रकाश खड्का, मित्र बहादुर राई र बिना राई रहेकाछन् । त्यस्तै तरकारी उत्पादन गरेर उतकृष्ट भएका २५ जना कृषकलाई पनि सम्मान गरेका थिए ।
वडा नं ४ ले वडामा तरकारी उत्पादनमा कृषकलाई व्यवसायिक रुपमा तरकारी खेतिमा लाग्न थप प्रोत्साहान तथा तरकारी उत्पादन वृद्धि गर्नका लागि ३ लाख ६४ हजार ९ सय ८० रुपैया बराबरको उन्तजातका खोकुको हावा पानी माटोमा खेति गर्न मिल्ने कार्डिनल जातको आलुको विउ खरिद गरेर वितरण गरिएको वडा अध्यक्ष भुपेन्द्र राईले जानकारी दिनु भयो । कार्यक्रममा वडा अध्यक्षहरु मल्सुराम राई, बम बहादुर राई , गााउपालिकाको प्रमुख प्रशाासकिय अधिकृत राजकुमार शाकय ,एमाले पार्टी गाउकमिटी अध्यक्ष निर बहादुर राई , शिक्षक होम बहाुर राईले मन्तव्य राख्नु भएको थियो ।


