धनकुटामा नेपाल बन्दको प्रभाव विद्यालय र सार्वजनिक सवारीमा
धनकुटा, ३० कार्तिक । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव धनकुटाका विद्यालय र सार्वजनिक सवारी साधनको संचालनमा केहि प्रभाव परेको प्रहरीले जनाएको छ ।
बिहानैदेखि सार्वजनिक सवारीहरू साधनमा बन्दको प्रभाव देखिए पनि निजी सवारी सडकमा गुडिरहेका छन् । बजार पसल भने निर्वाध खुलेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख प्रहरी उपरिक्षक नकुल पोख्रेलले जानकारी दिनु भयो ।
पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई जनदवाव दिने भन्दै नेकपाले आजका लागि बन्द आह्वान गरेको हो ।
यो पनि पढ्नुहोस्…मुख्यमन्त्री राईले विश्वासको मत लिंदै
विराटनगर, ३० कात्तिक ।प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई आज मंगलबार विश्वासको मत लिँदैछन् । मध्याह्न साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिनेछन् ।गठबन्धनबाट मुख्यमन्त्री बनेका राईले विश्वासको मत दिन सांसलाई ‘ह्वीप’ नै लगाएका छन् । विराटनगरको बिग होटलमा सांसदलाई सोमवार भेला गरेर ह्वीप जारी गरेका थिए ।
सोमबार नै प्रदेशको सत्तासाझेदार कांग्रेसले विश्वासको मत दिने निर्णय गरिसकेको छ । तत्कालीन मुख्यमन्त्री भीमप्रसाद आचार्यले राजीनामा दिएपछि गत १६ कात्तिकमा राई मुख्यमन्त्री बनेका थिए ।मुख्यमन्त्री राइले आफ्नो पक्षमा मत पुग्ने दाबी गरेका छन् ।
नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र जसपा सम्मिलित ५ दलीय गठबन्धनबाट राई मुख्यमन्त्री हुन् । प्रदेशको ५ दलीय सत्ता गठबन्धनमा ५० सांसद छन् । ९३ सदस्यीय प्रदेश सभामा हाल ९२ सांसद छन् । कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद गठबन्धन दलसँग छन् ।
प्रदेशको प्रमुख प्रतिपक्षी दल एमालेसँग ४१ सांसद छन् । जसमा १ सभामुख र १ जना फरार भएका कारण अहिले एमालेसँग ३९ जना मात्रै रहेका छन् । राप्रपासँग पनि १ मत रहेको छ ।


