गोकुण्डेश्वरमा समुन्नति बाल क्लवको पुनर्गठन
धनकुटा,३० कार्तिक । गोकुण्डेश्वर माध्यामिक विद्यालय धनकुटाले विद्यालयको समुन्नति बाल क्लवको पुनर्गठन गरेको छ । एक कार्यक्रम गरी विद्यालयकी कक्षा १० कि छात्रा आयुष्मा तामाङको अध्यक्षतामा ३१ सदस्य समिती गठन गरेको क्लबकी फोकल पर्शन यशोदा सुबेदी जानकारी दिनु भयो ।
बाल क्लवको पुनर्गठन कार्यक्रको प्रमुख अतिथी गोकुण्डेश्वर माध्यामिक विद्यालय सहायक प्रधानाध्यापक लक्ष्मीप्रसाद सापकोटा रहनु भएका थियो भने कार्यक्रमको संचालन शान्ता ढकाल गर्नु भएको थियो । क्लबका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शिक्षक भक्त खड्का, रिना लुईटेल, एशु पौडेल लगायतले बधाई दिनु भएको थियो ।
क्लबकी फोकल पर्शन यशोदा सुबेदी अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको जनाईएको छ ।
देशसभा बैठक स्थगित, मुख्यमन्त्रीले विश्वासको मत लिन पाएनन्
विराटनगर, ३० कात्तिक (रासस) : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सदस्य नआएपछि प्रदेश नं १ को प्रदेशसभा बैठक स्थगित भएको छ ।
मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक भोलि बिहान साढे ११ बजेसम्मका लागि स्थगित भएको हो ।
प्रदेशसभाको बैठक सुरू हुनासाथ सभामुख प्रदीपकुमार भण्डारीले कार्यसूचीमा प्रवेशै नगरी प्रमुख प्रतिपक्षी दल अनुपस्थित भएको भन्दै भोलि बुधबार बिहान ११ः३० बजेसम्मका लागि स्थगित भएको घोषणा गर्नुभएको थियो ।
नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ को उपनियम (४) बमोजित प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको थियो ।


