एकीकृत समाजवादी अध्यक्ष नेपाल डोटीमा
डोटी, १ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले यहाँ आइपुग्नु भएको छ । पवित्र धार्मिक तीर्थस्थल बडिकेदारमा आज हुने ठूलाकेदार मेलाको पूजाका लागि उहाँहरु यहाँ आइपुग्नु भएको हो । उहाँहरु पूजाआजा गरी फर्किने कार्यक्रम तय भएको मन्त्री मन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्री आलेले बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका पदाधिकारीसँग पनि बडिकेदारको थप प्रचारप्रसार तथा विकासका लागि छलफल गर्ने कार्यक्रम छ । बडिकेदारमा हरेक वर्ष तिहारपछिको चतुर्दशी तिथिमा पूजाआजा तथा मेला लाग्ने गर्दछ । बडिकेदारको ढुङ्गाका शिलामा पूजाआजा गर्ने गरिन्छ ।
शिवजीको प्रतिमूर्तिका रूपमा रहेको बडिकेदार शिला नजिकै ढुङ्गामा गाई र बाच्छाको मूर्तिसमेत छ । मूर्ति रहेको स्थान भौगोलिक रुपमा विकट अर्थात भिरको बीचमो छ । अन्य देवीदेवताको मन्दिरमा भन्दा बडिकेदारमा विभिन्न जातजाती भाषाभाषीको समान आस्थाको केन्द्र बन्दै गएको छ । प्रायःजसो सन्तान प्राप्त नभएका अधिकांश महिला पुरुष पुत्रलाभको कामना गर्दै बडिकेदारमा पुग्ने गर्दछन् । उक्त मेलमा पछिल्लो समयमा भारतको उत्तर प्रदेशबाट पनि तीर्थालु भक्तजन आउने गरेका स्थानीयवासी तथा बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर बोहराले जानकारी दिनुभयो ।
‘ए’ डिजिभन लिग फुटबललाई पुन ःकतार एयरवेजले प्रायोजन गर्ने
काठमाडौँ, १ मङ्सिर । अखिल नेपाल फुटबल सङ्घ ९एन्फाले० यस सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको लागि कतार एयरवेजसँग प्रायोजन सम्झौता नवीकरण गरेको छ । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहम्मद इल इमानले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार कतार एयरवेज थप एक वर्षका लागि लिगको प्रायोजन गर्ने भएको छ । कतार एयरवेजले अघिल्लो संस्करणको लिगमासमेत मुख्य प्रायोजकको रुपमा प्रायोजन गरेको थियो । यही मङ्सिर ३ गतेदेखि आयोजना हुने ‘ए’ डिभिजन लिगमा विभिन्न १४ टोली सहभागी छन् । यसमा त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, सङ्कटा फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब र हिमालयन शेर्पा फुटबल क्लब छन् ।
त्यसैगरी सातदोबाटो फुटबल क्लब, मनाङ मस्र्याङदी फुटबल क्लब, थ्रि स्टार फुटबल क्लब, एनआरटी फुटबल क्लब, फ्रेण्ड्स फुटबल क्लब, च्यासल युथ क्लब, जावलाखेल युथ क्लब र बिग्रेड ब्वाइज फुटबल क्लब छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त प्रतियोगिताको खेलको लागि साधारणतर्फ टिकट दर रु एक सय र भीआइपीतर्फ रु पाँच सय मूल्य निर्धारण गरिएको छ । यसपटक अन्तिम स्थानमा रहने दुई टोली रेलिगेसनमा पर्नेछन् । लिग बिजेता टोलीले रु ७५ लाख तथा उपविजेताले रु ५० लाख पाउनेछन् ।


