आ’गला’गी पिडितलाई राहत वितरण

नारायण कुमार राई/धनकुटा,४ मंसिर । आ ग ला गीबाट घर र धनमाल न ष्ट भएका छथर जोरपाटी गाउँपालिका वडा नं. ५ का सूर्यबहादुर लिम्बूको परिवारलाई राहत दिईएको छ ।

लिम्बूको परिवारलाई गाउँपालिका र नेपाल रेडक्रस सोसाईटी धनकुटाले शुक्रबार उनको घरमा पुगेर राहत दिएको हो । पालिकाले जस्तापाता,लत्ताकपडा,खाधन्न र रेडक्रसले लत्ताकपडा त्रिपाल लगाएतका सामाग्री दिएको हो ।

लिम्बूलाई पालिकाकी उपाध्यक्ष भीमकला श्रेष्ठ,रेडक्रस सिंधुवा शाखाका सभापति निलबहादुर थापा,वडा नं. ५ का अध्यक्ष सुरेन्द्र कुमार लिम्बूले राहत हस्तान्तरण गर्नुभएको थियो ।

बिहिबार राती अचानक लागेको आ गोबाट लिम्बूको घर र सम्पूर्ण खाद्यन्न,लत्ताकपडा ज लेर नष्ट भएको पालिका कर्मचारी शंकर ओझाले जानकारी दिनुभयो ।

आ ग ला गीबाट ३ लाख बराबरको धनमालको क्षति भएको प्रहरीको भनाईलाई उध्रित गर्दै ओझाले जानकारी दिनुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।