धनकुटामा एभोकाडो महोत्सव सुरू
धनकुटा, ४ मंसिर ।घ्यु फलको रुपमा परिचित एभोकाडो खेतीमार्फत कृषि पर्यटनलाई टेवा पु¥याउने उद्देश्यसहित धनकुटामा एभोकाडो महोत्सव सुरू भएको छ। धनकुटामा उत्पादन भएको एभोकाडोलाई देश तथा विदेशमा प्रवद्र्धन गर्ने उद्देश्यले धनकुटा नगरपालिका एभोकाडो कृषि समूहको आयोजनामा शनिबार देखि २ दिने एभोकाडो महोत्सव सुरु भएको हो ।
धनकुटा नगरपालिका सहआयोजक रहेको महोत्सव आइतबारसम्म सञ्चालन हुनेछ। धनकुटा नगरपालिकाले २०७५ सालमा नगर क्षेत्रलाई एभोकाडोको राजधानी घोषणा गरी व्यावसायिक उत्पादनमा जोड दिएपछि कृषकले उत्साहपूर्वक एभोकाडो खेती गरिरहेका छन् । महोत्सवमा नगरक्षेत्र तथा देशभरि उत्पादन भएका एभोकाडो र एभोकाडोजन्य उत्पादनको प्रदर्शनी, बिक्री वितरण तथा विविध साँस्कृतिक कार्यक्रम सञ्चालन गरिने र महोत्सवमा सहभागी भएका नगर क्षेत्रका एभोकाडो कृषकलाई प्रोत्साहन स्वरुप प्रविधि हस्तान्तरण गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ। महोत्सवमा एभोकाडोका ३० वटा स्टल रहेका छन्।
नेपाली कांग्रेस १४औँ महाधिवेशनः क्षेत्रीय अधिवेशनबाट पदाधिकारी चयन
कञ्चनपुर, ४ मङ्सिर (रासस) ःनेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कञ्चनपुरका छवटै प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट पदाधिकारी चयन भएका छन् । शुक्रबार भएको निर्वाचनमा छवटै प्रदेशसभामा नेतृत्व चयन भएको छ । निर्वाचन क्षेत्र नं १ को (क) मा सभापतिमा मानबहादुर रोकाया निर्वाचित हुनुभएको छ । त्यस्तै उपसभापतिमा जगदीश राना र पे्रमसिंह ठगुन्ना, सचिवमा जयबहादुर विष्ट र दिपक श्रेष्ठ तथा सह–सचिवमा केशव एसके, र चुँडामणि भट्ट निर्वाचित हुनुभएको छ ।
यसैरी निर्वाचन क्षेत्र नं १ को (ख) को सभापतिमा चेतनकुमार राई, उपसभापतिमा रामलाल राना र रङ्गवीर चौधरी, सचिवमा खगेन्द्र पण्डित र दिनेश कुँवर तथा सहसचिवमा गीता सबखोली रोकाया र महादेव पाण्डेय निर्वाचित हुनुभएको छ ।त्यस्तै निर्वाचन क्षेत्र नं २ को (क) को सभापतिमा झङ्कर खड्का (पुरन), उपसभापतिमा उत्तमराज भट्ट र मिनबहादुर विष्ट, सचिवमा नवराज पन्त र लालबहादुर धामी तथा सहसचिवमा गणेशबहादुर विष्ट र धर्मदेव राना निर्वाचित हुनुभएको छ भने सोही निर्वाचन क्षेत्र (ख)को सभापतिमा करनसिंह ऐर, उपसभापतिमा टीकाराम बोहरा र नरबहादुर कुँवर, सचिवमा दिपकराज बोहरा र ज्ञानेश्वरप्रसाद जोशी तथा सहसचिवमा हवल्दार चौधरी र तोयाराज पन्त निर्वाचित भएका छन् ।
निर्वाचन क्षेत्र नं ३ को (क) मा सभापतिमा पद्मराज अवस्थी, उपसभापतिमा कमलसिंह जोरा र जगदीशसिंह विष्ट, सचिवमा तारासिंह भाट र अशोक पाण्डेय तथा सहसचिवमा कैलाश चन्द र टेकबहादुर विष्ट निर्वाचित हुनुभएको छ भने सोही निर्वाचन क्षेत्र (ख) को सभापतिमा पुष्कर जोशी, उपसभापतिमा लालबहादुर शाही र वीरेन्द्र चन्द, सचिवमा पुरुषोत्तम अर्याल र डम्बर गुरुङ तथा सहसचिवमा गणेश रावल र लक्ष्मी मल्ल निर्वाचित भएका छन् ।


