छथरजोरपाटीबाट भरुवा ब’न्दुक सहित एक पक्राउ

धनकुटा, मंसिर ५ । धनकुटा छथरजोरपाटी गाऊपालिका ३ चिउरीबोटेका २४ बर्षीय राजन लाई भरुवा ब’न्दुक सहित पक्राउ गरिएको छ ।

हिजो बेलुका ५ बजे प्रहरी चौकी छथरजोरपाटीबाट खटिएको प्रहरी टोली राईले आफ्नो गाईगोठमा लुकाई छिपाई राखेको एक थान भरुवा ब न्दुक बरामद भए सगै राई पक्राउ गरिएको हो ।

पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।

यो पनि.. काठमाडौँ, ५ मङ्सिर । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार ७०० तोकिएको छ । अधिल्लो दिन प्रतितोला रु ९४ हजार ४०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ७०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार २०० कायम भएको छ जसको मूल्य गत शुक्रबार प्रतितोला रु ९३ हजार ९०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ले घटेर रु एक हजार २६० तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४६ डलर आसपास कारोबार भइरहेको छ ।

‘सहकारीको संरचनाले ग्रामीण उद्योगको विकास गर्ने आधार तय भएको छ’
पाल्पा, ५ मङ्सिर ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश देशमा शक्तिशाली हुने आधार रहेको बताउनुभएको छ । उहाँले १२ जिल्लामध्ये छ जिल्ला अन्नभण्डारका रूपमा रहेका र अन्य दुई प्रदेशलाई पाल्न सक्ने क्षमता रहेको बताउनुभएको हो ।बगनासकाली गाउँपालि–८ स्थित बगनासकाली बहुउद्देश्यी सहकारी संस्थाको भवन उद्घाटन गर्दै उहाँले सहकारीको संरचना प्रयोग गरी ग्रामीण उद्योग विकास गर्ने आधार तय भएको बताउनुभयो । उहाँले सहकारीमार्फत ग्रामीण क्षेत्रमा साना उद्योगको स्थापना गर्न सकिने र ग्रामीण क्षेत्रको आर्थिक चलायमान हुने उल्लेख गर्नुभयो ।सहकारीका माध्यमबाट ग्रामीण क्षेत्रमा सामाजिक एकता कायम गरी आर्थिक क्षेत्रलाई चलायमान बनाउन ठूलो सहयोग गरेको मुख्यमन्त्री केसीको भनाइ थियो ।

विदेश तथा सहरी क्षेत्रमा रहेका युवा जन्मभूमि फर्केर सहकारीका माध्यमबाट स्वरोजगार तथा रोजगारका अवसर सिर्जना गर्ने र त्यसका लागि सरकार लगानी गर्न तयार रहेको उहाँले बताउनुभयो ।उहाँले प्रदेशभित्रका युवालाई रोजगारी तथा स्वरोजगार सिर्जना गर्न पूँजीको अभाव हुनेलाई दुई प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्न प्रदेश विकास बैंक स्थापना गर्ने तयारीमा सरकार रहेको जानकारी गराउनुभयो । उहाँले त्यसका लागि रु ५० करोड बजेटको व्यवस्था गरिएकोसमेत बताउनुभयो । उहाँले प्रदेश बंैक स्थापनाले यस क्षेत्रमा साना तथा ठूला उद्योग विस्तार हुने बताउनुभयो ।

कार्यक्रम लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले सहकारीका माध्यमबाट गरिबी तथा बेरोजगारको समस्या समाधान गरी ग्रामीण क्षेत्र उत्पादनमुखी क्षेत्रका रूपमा बदलिएको बताउनुभयो । प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेयले देशको आर्थिक क्षेत्रलाई गतिशीत बनाउन सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सहकारीले आर्थिक कारोबारमात्र होइन, नागरिकका आधारभूत आवश्यकता पूरा गर्न पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सहकारीका अध्यक्ष कृष्णप्रसाद भुसालले सहकारीमा एक हजार ११० शेयर सदस्य रहेको र सदस्यले कृषि तथा पशुपालनका क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।