झिनो अङ्कले बढ्यो नेप्से

काठमाडौँ, ८ मङ्सिर ।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से परिसूचक १.८९ अङ्कले उकालो लागेर दुई हजार ७३५ अङ्कमा पुगेको छ ।यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२९ अङ्कले ओरालो लागेर ५१५.१९ मा सीमित भएको छ । नेप्से परिसूचक झिनो अङ्कले बढे पनि कारोबार रकम सस्तोमा सीमित भएको छ । कूल २२७ कम्पनीको ७४ लाख ४५ हजार २२७ कित्ता शेयर रु चार अर्ब २१ करोड ७४ लाख १५ हजार ३३७ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ७.११, व्यापार ३८.८३ र जीवन बीमा ५८.३ अङ्कले घटेको छ । होटल तथा पर्यटन २.०८, विकास बैंक ४०.६८, जलविद्युत् २३.४३, वित्त ३३.०४, निर्जीवन बीमा ३६.२२, उत्पादन २६.२२, अन्य ५.४, लघुवित्त २.९५, सामूहिक लगानी कोष ०.०३ र लगानी ०.५५ अङ्कले बढेको छ ।कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २६ करोड १५ लाख ५६ हजार ८३४ बराबरको कारोबार भयो । यस्तै, आइसिएफसी फाइनान्स रु १८ करोड ६७ लाख ५४ हजार ३३३, अपि पावर कम्पनी रु १७ करोड छ लाख ३० हजार ८७६, नेशनल हाइड्रोपावर रु १४ करोड दुई लाख ३६ हजार ५४७ र आइएमई जनरल इन्स्योरेन्स रु १२ करोड ८३ लाख १५ हजार ९९० बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भए ।

नेप्सेका अनुसार मैलुङ्खोला जलविद्युत् कम्पनी ९.४७, कर्णाली डेभलपमेन्ट बैंक ६.६५, पञ्चकन्या माई हाइड्रोपावर ६, जोशी हाइड्रोपावर ४.८५ र साना किसान विकास बैंकका लगानीकर्ताले ३.९८ प्रतिशतले कमाए ।त्यस्तै, गुर्खाज फाइनान्स २.५५, उन्नति सहकार्य लघुवित्त २.२३, तेह्रथुम पावर कम्पनी २.२१, एनआइसि एशिया लघुवित्त २.१३ र कुमारी बैंकको ऋणपत्रका लगानीकर्ताले १.९९ प्रतिशतले गुमाए । आजको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ३८ अर्ब ५२ करोड ८७ लाख ७० हजार ५१० बराबर भएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।