धनकुटा जिल्लाको जनगणना कार्य अन्तिम चरणमा
धनकुटा । राष्ट्रिय जनगणना अन्र्तगत धनकुटा जिल्लाको जनगणना कार्य अन्तिम चरणमा पुगेको छ । जिल्लामा आज सम्म ९५ प्रतिशत भन्दा धेरै जनगणनाको काम सकिएको जिल्ला जनगणना अधिकारी प्रकाश कुमार अधिकारीले जानकारी दिनुभयो ।
अब बाँकी गणनाको काम पनि भोलि सम्मा पूरा गरेपछि महालक्ष्मी नगरपालिका र छथर जोरपाटी गाउँपालिका क्षेत्रको तथ्यांक स्थानिय जनगणना कार्यलय जितपुरमा,धनकुटा नगरपालिका, पाख्रीवास नगरपालिका र शहिदभूमी गाउँपालिकाको स्थानिय जनगणना कार्यलय धनकुटामा र चौविसे र सागुरीगढी गाउँपालिकाको स्थानिय जनगणना कार्यलय राजारानीमा तथ्यांक संकलन हुने र त्यसपछि सबैपालिकाहरुको तथ्यांक जिल्लामा संकलन गरिने उहाँले बताउनुभयो ।
जिल्लामा जनगणनाका लागि जम्मा २ सय ४७ गणक र ६१ जना सुपरिवेक्षक खटिएका छन् ।


