विदेशबाट आयातित सामाग्रीले स्थानिय उद्योग विस्थापित हुदै

धनकुटा,९ मंसिर । विदेशबाट आयातित सामाग्रीले स्थानिय उद्योगलाई धरासयी बनाउदै विस्थापित गर्न थालेको उद्योगीहरुले बताएका छन् । स्वदशी उद्यम र उत्पादन, दिगो औद्योगिक पुनरुत्थान भन्ने नाराका साथ सातौं उद्योग दिवसको अवसरमा धनकुटा आयोजित कार्यक्रमा उनिहरुले यस्तो बताएका हुन् ।

विदेशबाट आयातित सामाग्रीले स्थानिय उद्योगलाई धरासयी बनाउदै विस्थापित गर्न थालको उद्योगीहरुले उद्योग संचालनका लागि चाहिने कच्चा पदार्थमा लाग्ने भान्सार र निकासी करमा छुट दिन समेत माग गरेका छन् । घरेलु तथा सानाउद्योग कार्यालयले आयोजना गरेको अन्र्तकृया कार्यक्रमा उनिहरुले यस्तो बताएका हुन् । उनीहरुले नितिगत रुपमा नै स्वदेशी उत्पादन लाई अनिवार्य प्रयोग गर्न व्यवस्था मिलाउनु पर्ने बताएका छन् ।

घरेलु उद्योगहरुले स्थानीय स्तरमा रोजगारीको समेत सृजना गरेको कारण स्थानीय स्रोत साधान प्रयोग गरेर स्थापना गरिएका उद्योग लाई राज्यले विशेष प्राथमीकतामा राखेर नीति बनाउनु पर्ने घरेलु तथा साना उद्याग महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले बताए । धनकुटामा ६ हजार ८ सय २३ उद्योग दर्ता छन ।

ताप्लेजुङबाट १४ प्रतिनिधिसहित ६० जना नेता चितवान प्रस्थान

दिलकुमार लिम्बू/ताप्लेजुङ, ९ मंसिर । नेकपा एमाले पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनमा भाग लिन ताप्लेजुङबाट १४ प्रतिनिधिसहित ६० जना नेता चितवान प्रस्थान गरेका छन् । बुधबार बेलुका झापाको विर्तामोड पुगेका प्रतिनिधि र नेताहरू आज चितवान पुग्ने छन् ।

महाधिवेशन प्रतिनिधि चयनका लगि ताप्लेजुङमा ३० कात्तिकमा निर्वाचन भएको थियो । नर्वाचनबा६ १३ महधिवेशन प्रतिनिधि चयन भएका थिए । प्रदेश १ की प्रदेश सभा सदस्य होमकुमारी लिम्बूलाई पार्टीको केन्द्रीय कमिटीबाट महाधिवेशन प्रतिनिधिमा मनोनित गरेसँगै ताप्लेजुङबाट प्रतिनिधि संख्या १४ पुगेकाे हाे ।

केन्द्रीय सदस्यमा दावी
महाधिवेशनमा ताप्लेजुङका तीन जना नेताले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेकाे ताप्लेजुङ एमाले स्रोतले जनाएको छ । पूर्व संविधान सभा सदस्य तिलकुमार मेन्याङबोले गत बिहीबार नै सामाजिक संजालमार्फत केन्द्रीय सदस्यको लागि उम्मेदवारी घोषणा गरि सकेका छन् । यस्तै उर्मिला थेबे र टंक आङबुहाङले पनि केन्द्रीय सदस्यमा उम्मेदरी दिने योजना रहेको स्रोतकाे भनाइ छ । आङबुहाङ नेकपा माओवादी केन्द्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुन् । नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण विगठनसँगै भएसँगै केपी ओली पक्षमा उभिएको हुन् । उर्मिला ताप्लेजुङको सिरिजंगा गाउँपालिका-३ की वडा अध्यक्ष हुन् । ताप्लेजुङमा नौ स्थानीय तहमा ६१ वडा छ त्यसमध्ये दुई वडामा मात्र महिला वडा अध्यक्ष छन् ।

महाधिवेशन प्रतिनिधि मध्ये कसकाे मत कति ?
सबैभन्दा बढी मत संबिधान सभा सदस्य भूपेन्द्र थेबेले ल्याएका थिए । ननले चार हजार दुई सय ६२ मत ल्याएका थिए । थेबे यसअघि तत्कालीन नेकपामा विवाद हुँदा केपी ओली समूहको समानान्तर जिल्ला कमिटी अध्यक्ष थिए । निर्वाचन समिति संयोजक बलराम भट्टराईका अनुसार खुलातर्फको दोस्रो मत दिपेन पोमूले ल्याएका थिए । जिल्ला युवा समिति अध्यक्ष समेत रहेका उनले चार हजार ८७ मत ल्याँउदा फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेलले चार हजार ५३ मतसहित तेस्रो बढी मत ल्याएका थिए । यस्तै, युवा संघका नेता आशिष केदेमले तीन हजार सात सय २५ मत, पूर्व राज्यमन्त्री ओङ्दी शेर्पा तीन हजार पाँच सय ७९ मत ल्याएर निर्वाचित भएका थिए ।

प्रदेश सांसद बलबहादुर साम्सोहाङले तीन हजार पाँच सय ५० मत ल्याएका थिए । साम्सोहाङ तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर थिए । नेपालले नयाँ दल नेकपा (एकीकृत समाजवादी) दर्ता गरेपछि साम्सोहाङ एमाले पार्टीमै रहेका हुन् । संबिधान सभा सदस्य डम्बरध्वोज तुम्बाहाम्फेले तीन हजार पाँच सय २१ मत र एमाले प्रदेश कमिटी सदस्य गोपाल थोप्राले तीन हजार चार सय १९ मत ल्याएर महाधिवेशन प्रतिनिधि चयन भएका थिए । अन्य प्रतिस्पर्धीमध्ये जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले तीन हजार दुई सय ८६ मत, जिल्ला खेलकुद विकास समिति अध्यक्ष मणिशंकर पोमूले तीन हजार ६८ मत ल्याएका थिए । प्रदेश कमिटी सदस्य सन्तोष खतिवडाले दुई हजार ६ सय ४३ मत, मंगलसिंह केदमेले दुई हजार चार सय ८५ मत, सिंहबहादुर इवारमले दुई हजार ४ सय ५४ मत, चन्द्रप्रकाश मेन्याङ्वोले दुई हजार दुई सय ३८ मत, राजेश प्याकुरेलले एक हजार नाै सय ५२ मत र थर्ककुमार चोङ्वाङ(दिवस)ले एक हजार आठ सय २६ मत ल्याएर निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

महिलातर्फ फुङ्लिलङ नगरपालिका-५ का वडाध्यक्ष समेत रहेकी भीमादेवी ओझा विजयी भएकी छिन् । उनी पाँच हजार नाै सय ४६ मतसहित महाधिवेशन प्रतिनिधिका लागि निर्वाचित भएकी हुन्हु । यस्तै, मीनाकुमारी केदमेले पाँच हजार ६ सय ८०,टीकादेवी दाहालले चार हजार सात सय ८३, उर्मिला थेबेले चार हजार पाँच सय ९९ मत ल्याएर महाधिबेशन प्रतिनिधि चयन भएकी छिन् । महिलातर्फ चार जनाको कोटा रहेकोमा पाँच प्रतिस्पर्धी थिए । त्यसमा निर्मला इजमले चार हजार २६ मत ल्याएकी थिइन । एक दलित कोटाका लागि दुई प्रतिस्पर्धीमध्ये तीन हजार सात सय २३ मत ल्याएर मनकुमार नेपाली निर्वाचित भएक थिइन । छत्रबहादुर बिकले दुई हजार दुई सय १२ मत ल्याएकाे निर्वाचन समितिकाे भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।