पाख्रीबासको राम माबिमा बाल क्लब र जुनियर रेडक्रस सर्कल गठन
धनकुटा । जिल्लाको पाख्रीबास नगरपालिका वडा नमबर ७ मा अवस्थित राम माध्यमिक बिद्यालयमा बिद्यार्थीका दुई समिती गठन गरिएको छ ।

गठित समितिहरुमा प्रगतिशील बाल क्लब,जुनियर रेडक्रस सर्कल रहेका छन् । क्लबका अध्यक्षहरुमा क्रमशः कक्षा १० की रोजिना पोख्रेल र कक्षा ११ की शारदा राई रहेका छन् ।
१६ सदस्यीय बाल क्लब र १५ सदस्यीय रहेको जुरेस गठन गरिएको बिद्यालयका प्रधानाध्यापक मान बहादुर राईले जानकारी दिनु भयो ।

यो पनि पढ्नुहोस्…हिजो मेराे खुट्टा तान्नेहरू अहिले प्रधानमन्त्रीको खुट्टा समाइरहेका छन् : ओली
चितवन, १० मंसिर /एमाले अध्यक्ष केपी ओलीले हिजो आफ्नो खुट्टा तान्नेहरू अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको खुट्टा समाइरहेको बताएका छन् ।
ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै त्यस्तो बताएका हुन् । केही दिनअघि प्रचण्डले आफू प्रधानमन्त्री नभए पनि प्रधानमन्त्री जस्तै भएको अभिव्यक्ति दिएका थिए ।
प्रचण्डको सोही अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले भने– ‘आफू प्रधानमन्त्री नभए पनि देउवा नेतृत्वको सरकार आफ्नो हातमा रहेको र कठपुतली जस्तै नचाइरहने बताउन थालेका छन् ।’ उनले प्रधानमन्त्रीले चाहेर पनि मन्त्रीहरूकै असहयोगका कारण राम्रो काम गर्न नसक्ने दाबी गरे । हिजो आफूलाई काम गर्न नदिनेहरू अहिले प्रधानमन्त्रीको खुट्टा समाउन लागिपरेको उल्लेख गरे ।
ओलीले शान्ति प्रक्रियालाई सही ढंगले टुंगो लगाउन सहयोग गर्ने भन्दै यसलाई टुंगोमा लैजान आग्रह पनि गरे । उनले हजारौं पूर्वलडाकूलाई आफ्नो पार्टीमा प्रवेश गराउनेसमेत उद्घोष गरे । माओवादी केन्द्रका नेताकै कारण शान्ति प्रक्रिया टुंगोमा पुग्न नसकेको ओलीले आरोप लगाए ।
https://youtu.be/QfHWUpUrfvU


