धनकुटामा मंशिर १७ देखि मतदाता नामावली संकलन विशेष कार्यक्रम शुरु

धनकुटा । मतदान गर्न योग्य नागरीक मतदान गर्नबाट बञ्चित हुन नदिन निर्वाचन आयोगले मंशिर १७ देखी मतदाता नामावली संकलन विषेश कार्यक्रम शुरु गर्ने भएको छ । जिल्ला निर्वाचन कार्यालयले आज निर्वाचन सरोकारवलाहरुको अन्तरक्रिया कार्यक्रममा मतदाता नामावली संकलन विषेश कार्यक्रम शुरु गर्ने जनाएको हो ।

धनकुटा जिल्लामा दुईचरणमा फोटो सहितको मतदाता नामावली संकलन गरिने जिल्ला निर्वाचन अधिकृत सफल प्रोतेलले जानकारी दिनुभयो । जिल्लाका महालक्ष्मी नगरपालिका , पाख्रिबास नगरपालिका र चौवीसे गाउपालिकामा पहिलो चरणमा मंसिर १७ गतेदेखि र सागुरीगढी गाउपालिका, छथरजोरपाटी गाउपालिका र सहिदभुमी गाउपालिमा देस्रो चरण अन्तरगत मंसिर २८ गतेदेखि फोटो सहितको मतदाता नामावली संकलन गरिने जिल्ला निवार्चन कार्यालयले जनाएको छ ।

धनकुटा नगरपालिकामा भने जिल्ला निर्वाचनको कार्यालय र जिल्ला प्रसाशन कार्यालयबाट नै फोटो सहितको मतदाता नामावली संकलन गरिरहेको कार्यालयले जनाएको छ । धनकुटामा फोटो सहितको मतदाता नामावली संकलन गर्न २० हजार भन्दा बढि नागरीक रहेको कार्यालयको अनुमान छ । हाल जिल्लामा १ लाख १४ हजार ३ सय ८७ मतदाता रहेका छन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।