शहिदभुमि गाउंपालिकाद्वारा दलित समुदायको विद्यार्थीलाई छात्रवृत्ति प्रदान
धनकुटा । शहिदभुमि गाउपालिका धनकुटाले गाउँपालिकाको दलित समुदायको विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउपालिकाले कक्षा ११ र १२ मा अध्यनरत ३० र स्नातक तहमा अध्यनरत ६ जना गरि ३६ जनालाई १ लाख ४५ हजार बराबरको छात्रवृत्ति प्रदान गरेको हो ।
गाउपालिकाको दलित विद्यार्थी छात्रवृत्ति वितरण छनौट समितिका संयोजक तथा कार्यपालिका सदस्य कुमार मग्रान्तिको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मनोज राईले विद्यार्थीहरू कक्षा ११ र १२ का दलित विद्यार्थीलाई जनही ३ हजार र स्नातक तहमा अध्यन गर्ने विद्यार्थीलाई जनही ८ हजारका दरले १ लाख ४५ हजार छात्रवृत्ति प्रदान गिरएको छ ।
पालिका अध्यक्ष राईले दलित विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नु हुदै हरेक क्षेत्रमा दलित समुदायलाई पछाडि पार्दै आईरहेको उद्वाहारण दिनु हुदै उहाँले त्यस्ता विभेद र उत्पीडनमा परेका समुदायलाई उकास्न शिक्षा क्षेत्रमा विकास गर्न आवाश्यक रहेकाले गाउपालिकाले प्रोत्साहान स्वरुप छात्रवृत्तिको व्यवस्था गरेको जानकारी दिनु भयो । यो कार्यक्रम बाट आगामी दिनमा सकारात्मक तथा उच्च अंक ल्याउने गरि उपलब्धि हासिल गर्न गाउँपालिकाले कार्यक्रमलाई निरन्तरता दिदै जाने बताउनुभयो ।
कार्यक्रममा गाउपालिकाको प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य , वडा सदस्य सोम राना मगर , एमाले पार्टी गाउपार्टी अध्यक्ष नीर बहादुर राई गाउशिक्षा समितिका संयोजक , शिक्षा शाखाका प्रतिनिधि वद्रि कार्की कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पालिका अध्यक्ष मनोज राईका स्वकीय सचिव केसव राईले गर्नु भएको थियो ।


