पाख्रीबास नगरपालिकामा आजदेखि मतदाता नामावली संकलन हुने

धनकुटा । धनकुटाका स्थानीय तहमा फोटोसहितको मतदाता नामावली संकलन हुने भएको छ । जसअन्तर्गत पाख्रीबास नगरपालिकाका १० वटै वडामा पनि आजदेखि फोटोसहितको मतदाता नामावली संकलन हुंदैछ ।

नपाको वडा १ र २ को मंसिर १७ गते,वडा ३ र ४ को मंसिर १८ गते,वडा ५ र ६ को मंसिर १९ गते,वडा ७ र ८ को मंसिर २० गते र वडा ९ र १० को मंसिर २१ गते साथै छुटफुट भएकाको मात्रै मंसिर २२ गते नपाको कार्यालयमा गरिने नपाका प्रमुख प्रशासकिय अधिकृत डिक बहादुर राईद्वारा हस्ताक्षरित सुचनामा जनाइएको छ ।

मतदाता नामावलीमा भएको त्रुटि सच्याउनु ,ठेगाना सार्न परेमा जिल्ला निर्वाचन कार्यालय धनकुटा जानु पर्ने पनि उल्लेख छ ।

मतदाता नामावलीमा नाम समावेश गर्न सक्कल नागरिकता र नागरिकतामा स्थाई ठेगाना अन्य जिल्लाको भएमा बसाई सराइ प्रमाणपत्र वा विवाह भई आएको अवस्थामा विवाह दर्ता प्रमाणपत्र आवश्यक पर्नेछ ।

धनकुटा जिल्लामा फोटो सहितको मतदाता नामावली संकलन सुरु
धनकुटा । निर्वाचन आयोगले भोलिदेखि फोटो सहितको नामावली संकलन गर्ने भएको छ । सोही अनुसार धनकुटा जिल्लामा पनि फोटो सहितको नामावली संकलनका लागि तयारी गरिएको छ । जिल्लामा दुई चरणमा फोटो सहितको नामावली संकलनका गरिने जिल्ला निर्वाचन कार्यलय धनकुटाले जनाएको छ ।

पहिलो चरण अन्र्तगत भोलिदेखी धनकुटाको महालक्ष्मी नगरपालिका , पाख्रीबास नगरपालिका र चौवीसे गाउपालिकामा फोटो सहितको नामावली संकलन गर्न शूरु गरिदैछ । जसका लागि संकलकहरु केन्द्र केन्द्रमा पुगेको निर्वाचन कार्यलयले जनाएको छ ।

सागुरीगढी गाउपालिका, छथरजोरपाटी गाउपालिका र सहिदभुमी गाउपालिमा देस्रो चरण अन्तरगत मंसिर २८ गतेदेखि संकलन गरिने छ । धनकुटा नगरपालिकामा भने जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रसाशन कार्यालयबाट नै फोटो सहितको मतदाता नामावली संकलन गरिरहेको कार्यालयले जनाएको छ ।

धनकुटामा फोटो सहितको मतदाता नामावली संकलन गर्न २० हजार भन्दा बढि नागरीक रहेको कार्यालयको अनुमान छ । हाल जिल्लामा १ लाख १४ हजार ३ सय ८७ मतदाता रहेका छन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।