छथर जोरपाटीको १० बर्षे शैक्षिक मस्यौदा तयार

नारायण कुमार राई/धनकुटा,१७ मंसिर । छथरजोरपाटी धनकुटाले आउने १० बर्षमा आफ्नो पालिकाको शैक्षिक अबस्था कस्तो हुने भन्ने बिषयमा तयार पारिएको मस्यौदा लेखिन सकेको छ ।

पालिकाले बिहिबार एक ‘१० बर्षे गाउँपालिका स्तरीय शिक्षा योजना मस्यौदा लेखन माथि सरोकारवालाहरुको सुझाव संकलन ’कार्याशाला गोष्ठिको आयोजना गरेर मौस्यौदा लेखनलाई पूर्णता दिएको हो ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु सम्मिलित १० सदस्यीय मौस्यौदा समितिले तयार पारेको मौस्यौदा समिति संयोजकतथा शिक्षा शाखा प्रमुख निर्मला सुबेदीले प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुत मौस्यौदा माथि आएका सुझावहरुलाई थप गरेर परिमाजिर्त योजना कार्यपालिकाको मासिक बैठकले मौस्यौदा पास गर्न आउने गाउँ सभालाई सिफारिस गर्नेछ ।

बैठकले सिफारिस गरिएको उक्त मौस्यौदा गाउँसभाबाट पारित भएपछि शिक्षा नीति तथा कार्यक्रमका रुपमा लागु हुने मौस्यौदा समितिका संयोजक सुबेदीले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूको अध्यक्षतामा भएको उक्त मस्यौदा लेखन सुभाव कार्यक्रममा लेखन समितिका सदस्यहरु,वडा अध्यक्षहरु,बिद्यालय ब्यबस्यापन समितिका अध्यक्ष,शिक्षा समिति सदस्य, गाउँपालिकाका कर्मचारी र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।