धनकुटामा यसरी मनाइयो अपाङ्गता दिवस
धनकुटा,१७ मंसिर । हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन मनाइँदै आएको अन्तर्राष्ट्रिय अपाङ्गता दिवस धनकुटामा समेत विभिन्न कार्यक्रम गरि मनाईएको छ । हाम्रो प्राथमिकताको आधार अपाङ्गता भएका व्यक्तिको अधिकार भन्ने मुल नाराका साथ दिवश मनाइएको हो ।

अपाङ्गता दिवशको अवसरमा धनकुटाको मदन चोकबाट निकालिएको र्यालीले बजार परिक्रमा गर्दै हाम्रो बहुमुखी पाठशालाको सभाहलमा गई अन्र्तक्रिया कार्यक्रमा परिणत भएको थियो । अन्र्तक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले अपाङ्ग भएका व्यक्तिहरुले अवसर पाए अन्य व्यक्ति सरह काम गर्न सक्ने र अपाङ्ग भएका व्यक्तिहरु लाई काम गर्ने अवसर दिनु पर्ने बताए ।
अन्र्तक्रिया कार्यक्रको प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्ग रहनु भएको थियो साथै अतिथीहरुमा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मोहन राई, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापा,अपाङ्ग विज्ञ पुरेन्द्र लाल श्रेष्ठ लगायतको उपस्थिती रहेको अपाङ्ग सेवा संघ धनकुटाका सल्लाकार यमबहादुर बस्नेतले जानकारी दिनु भयो ।
कार्यक्रममा हुसाडेक खिन्द्र बहादुर अधिकारी, करुण फाउन्डेशनका दिपेन्द्र श्रेष्ठ र अपाङ्ग सेवा संघ धनकुटाका सल्लाकार यमबहादुर बस्नेतले अपाङ्गको क्षेत्रमा भए गरेका कामको प्रस्तुती गर्नु भएको थियो कार्यक्रमको संचालन अपाङ्ग सेवा संघ धनकुटाका सचिब सुमन बसेलले गर्नु भएको थियो भने कार्यक्रको अध्यक्षता अपाङ्ग सेवा संघ धनकुटा चेतुलाल आलेको अध्यक्षतामा भएको थियो ।

नेपालमा यो दिवस सन १९९३ देखि मनाउन थालिएको हो जुन हरेक वर्ष नेपाल सरकारको नेतृत्वमा सबै सरोकारवालाहरूको सहभागितामा विभिन्न कार्यक्रमहरू गरि मनाउने गरिन्छ ।


