धनकुटा थारु पत्रकार संघको अध्यक्षमा हजारी,सचिवमा चौधरी

धनकुटा,१९ मंसिर । धनकुटामा थारु पत्रकार संघ जिल्ला शाखा धनकुटा गठन गरिएको छ । आज आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश १ का महासचिव विदुर खवासको उपस्थितीमा ९ सदस्य तदर्थ समिती गठन गरिएको हो ।

समितीको अध्यक्षमा ब्रम्मलाल हजारी, उपाध्यक्षमा लुसी गच्छदार, सचिवमा पूर्णकुमार चौधरी, कोषध्यक्षमा मिह्माल्यामु शेर्पा र सदस्यहरुमा तिलकराम चौधरी, नेवनारायण चौधरी, बलराम चौधरी, भूदेव भगत र दुखाराम माझी सदस्य रहको समिती गठन गरिएको सचिव पूर्णकुमार चौधरीले जानकारी दिनु भयो ।

कमल थापाले अस्वीकार गरेका लिङ्देनलाई पशुपतिशमशेरले स्वीकारे
काठमाडौं, १९ मंसिर/राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले महाधिवेशन प्रतिनिधिको निर्णय आफूहरूलाई शिरोधार्य रहेको बताएका हुन् । महाधिवेशन उद्घाटन सत्रमा सहमतिमा नेतृत्व चयन गर्न आग्रह गर्दा निर्वाचनमा गएको भन्दै उनले निर्वाचनबाट आएको परिणाम आफूलाई स्वीकार्य रहेको बताए । साथै उनले अरू नेतालाई पनि परिणाम स्वीकार्न सुझाव दिए ।

नयाँ नेतृत्वले देश र जनताको हितमा काम गर्न सकोस् भन्दै उनले शुभकामना पनि दिए । निवर्तमान अध्यक्ष कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देनलाई अध्यक्षमा निर्वाचित गरेको महाधिवेशनले चयन गरेको पदाधिकारी र सदस्यले हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने काम गर्न सक्नुपर्ने जबराको भनाइ छ । यसका लागि आफ्नो साथ र सहयोग निरन्तर रहने विश्वास दिलाए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।