प्रदेश १ को सोलुखुम्बु बाहेक सबै जिल्लामा राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता अभियान शुरु

धनकुटा । प्रदेश १ को सोलुखुम्बु बाहेक सबै जिल्लामा राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता अभियान शुरु गरिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्धारा आज धनकुटामा आयोजित अन्तरक्रिया कार्यक्रम राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता अभियान शुरु गरिएको जानकारी दिईएको हो ।

कार्यक्रममा दिईएको जानकारी अनुसार अहिलेसम्म २३ जिल्लामा ४७ लाख भन्दा बढि नागरीकको विवरण संकलन गर्ने काम सम्पन्न भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तिर्थराज भटराईले जानकारी दिनुभयो । उहाँले हाल १२ वटा जिल्लामा विवरण दर्ता भईरहेको र धनकुटा, तनहुँ , रौटहट र रुकुम पश्चिममा विबरण दर्ता अभियान शुरु हुन लागेको बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक युवाराज कटेलले यो आर्थिक बर्षमा ७० लाख बढि नागरीकको विवरण दर्ता गरिने बताउनुभयो । धनकुटामा राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता अभियान जिल्ला प्रसाशनबाट भईरहेको भएपनि अब केहि दिनमा नै स्थानीय तहका वडा वडामा स्टेशन तयार गरि उक्त सेवा उपलब्ध गारईने प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थले जानकारी दिनुभयो ।

धनकुटाको पहिलो चरणमा धनकुटा नगरपालिका र चौविसे गाउपालिकाबाट अभियान शुरु गरिने पनि उहाले बताउनुभयो । कार्यक्रममा जिल्ला स्थित सरोकारवालाहरुको उपस्थिती थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।