नेकपा एमाले चितवनमा भएको दशौ राष्ट्रिय महाधिवेशनले जुराएको मुस्ताङ सम्मको अविष्मरणिय यात्रा
वीरबल खड्का/धनकुटा । हाम्रो पाख्रिवास नेकपा एमालेको १५ जनाको टिम जस्मा “म” स्वयं सरोज राई ,शान्तिराम गौतम, सिताराम राई,हिक्मत विश्वकर्मा ,मित्र गौतम, दिपेन्द्र गौतम, अनोज बस्नेत, मदन राई ,कुमार वस्नेत ,तोर्ण निरौला,नम्रता देउजा,सम्झना आले,उत्तम कटुवाल र नानी सुदिक्क्षा चितवनमा भएको ऐतिहासिक नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा जाने निर्णय भएसगै हामी २ वटा बोलेरो गाडीमा पाख्रिबास बाट यात्रा प्रारम्भ गर्यौ ।
यसरी नै म पनि साथीहरु सग ईटहरीमा मिसिएं, मंसिर ९ गते हामी रातरात हजारौं गाडी जाम अनि अनिदो निन्द्रा सगै थकान शरिरको यात्रा भए पनि महाधिवेशनको रौनक सगै निकै उत्साहित हुँदै हामी १० गते विहान झुल्के घाम सगै मकवानपुरको मनहरी भन्ने ठाउमा चिसो मौसममा तातो चियालाई स्वाग गर्न पुग्यो । त्यस पश्चात् बिहान नौ बजे हामी नारायणगढ स्थित पारस बस पार्कको होटलमा बिहानको खाना खादै ट्राफिक नियमको पालना गर्दै गाडी त्यही राखेर महाधिवेशन स्थल नारायणी नदिको किनारको त्यो ठुलो मैदान तर्फ लाग्यौं ।
महाधिबेशनमा ७७ जिल्लाका पार्टी नेता कार्यकर्ता करिब १५ लाख जनसमुदाय संगै मिसिएर कार्यक्रमलाई भव्य बनाउदै खुल्ला सत्रको कार्यक्रम समापन पछि हामी बुटवल जाने निर्णय गर्यौं तर बाटो छिचलेर जान सक्ने अवस्था रहेन । मुल सडक,सहायक सडकबाट जाम छिचोल्ने कोशिष गरे पनि हामीले भिड छिचोल्न सकेनौ अन्तत चितवनको सबै लज फुल थिए जसो तसो बेलुकाको खाना खादै चितवनमै त्यहि गाडी भित्र रात बितायौं।

हामीले ११ गते बिहान पोखरा तर्फको यात्रा तयार गरिम् मुग्लिङको बिहानको चिया नास्ता संगै त्रिशूलीको पुल तर्दै यात्रामा लागीम् । बाटो देखिने तनहुँजिल्लाका फांट अवलोकन गर्दै केही समयको यात्रा पश्चात् घासी कुवाँमा स्नान गरिम्, त्यस सगै कुमार काकाको गाडी चलाई सगै मीठो कुरा कानी उत्तम कटुवाल दाईको हसौली खेलठट्टा कुरा, मदन राई दाईको गमी कुरा,सम्झान कमरेडको जोक्स अनि मेरा नयाँ कुरा नम्रता भाउजुका बिनम्र कुरा सगै कहिले काहिँ फेसबुक लाईभ पनि बाटो काट्दै यात्रा गर्दा गर्दै हाम्रो टिम अगाडी बढि रह्यौं ।
अर्को गाडी फरक भए पनि टिम एउटै थियो नगर पार्टी अध्यक्ष शान्तिराम गौतमको नेतृत्वको तोर्ण दाईको गाडी चलाई हामीलाई उछिन्दै अघी लाग्नु भयो यसरीनै तनहुँको दमौली हुँदै हामी बाटो पार गर्दै पोखरा लेखनाथ नगरपालिका प्रबेश गरिम् अनि पोखर बजारका विभिन्न चोक हुँदै लखन थापा चोक बाट पृथ्वी चोकमा पुगेर दिपेन्द्र गौतम गुरुका साथीको साथमा रवी होटलमा खाना खायौं अनि एकछिन पछिको आराम पश्चात् फेरी हामी पोखराका पर्यटकीय स्थल घुम्न शुरु गरिम् । महेन्द्र गुफा ,चमेरे गुफा हेर्दै बिन्दवासीनी मन्दिरको दर्शन गर्दै फेवा ताल तर्फ लागिम् ।
फेवा तालको बोटिङ्ग हिमालय पर्वत हेर्दै शिबको शालिक बौद्ध गुम्बा हेर्दै ताल बराहीको दर्शन गर्दै डेभिड फल्सको अवलोकन गर्दै रात परे सगै पुन: पृथ्वी चोकको कोठामा फर्किम् अनि १२ गते बिहान हामी मुस्ताङ मुक्तिनाथको यात्रामा लाग्छौ। बाटो भेटिने सारङ्कोटमा चिसो मौसममा बिहानीको चिया पिउदै धौलागिरी माछापुच्छ्रे हिमाल हेर्दै सुर्यौदयको अवलोकन सगै हाम्रो यात्रा मुस्ताङ तर्फै अगाडि बढ्यो ।
यसरी नै कास्की जिल्ला काटे पछि हामी पर्वत तर्फ लगिम्, बाटोबाट देखिने ठुला ठुला पर्वतहरुको अवलोकन गर्दै कुश्मा बजार , प्रसिद्ध धार्मिक स्थल सह्रस्रधारा मन्दिरको दर्शन गर्दै हामी अगाडी बढ्छौ अनि त्यतिनै खेर फोनमा कल आउछ हामीलाइ अगाडीको गाडिबाट हामी माल ढुङ्गा वाट माथिल्लो बाटो जानू पर्छ भन्ने— यतिकैमा हामी त्यही ठाऊमा पुग्छौ र तल्लो बाटो बागलुङ जाने छोड्दै म्याग्दीको बेनी तर्फ लाग्छौ अनि माथी एउटा झोलुङ्गे पुल पनि देख्छौ तर निरन्तर अगाडि बढि रहन्छौ यसरी नै हामी बेनी पुग्छौ जहाँ काली गण्डकी ले छुटाएको रहेछ पर्वत र म्याग्दि यसरी वारि पर्वत बेनी जलजला सगै काली गण्डकीको पुल तरे सगै म्याग्दी बेनी पुग्छौ ।
यसरी नै अलि कतिको यात्रा पश्चात् हामी म्याग्दीको ग्यालेसोरको प्याराडाईस होटलमा बिहानको खाना खान्छौ एकछिन पछि अगाडी बढ्छौ । बाटो काहि सजिलो कहि अप्ठ्यारो कतै चहि निकै नै अप्ठ्यारो पार गर्दै हामी काली गण्डकी किनार किनार अगाडि बढ्छौ र तातो पानी कुण्डमा पुग्छौ जहाँ तातो पानीले नुहाए पछि डाढ दुखेको सगै छालाको रोगहरु निको हुने विश्वास पनि रहेको छ । सोही कुण्ड पार गर्दै हामी अगाडी बढ्छौ बाटो निकै अप्ठ्यारो रहेको छ । कहि कहि अघि पछि गर्दै बाटो पार गर्दे हामी रुपसे झर्नामा पुग्छौ र अगाडी बढ्छौ र हामी मुगु मुस्ताङ सिमानमा पर्ने घासा भन्ने ठाउमा पुग्छौ त्यहाँ पुगेपछि हामीलाई मुस्ताङ जादा अनिबार्य गरिएको रहेछ ।
कोरोना खोप कार्ड हामी मध्य धेरै सग कार्ड नभएकाले केही समस्या पनि पर्छ फेरी हाम्रो निकै समयको प्रयास पछि अन्त्त हामी त्यहा बाट अगाडी बढ्छौ ,त्यहा माथी निकै राम्रो वाटोको यात्रा गर्दै हामी मुस्ताङफाट स्याउ बगैँचा हेर्दै , च्याङ्ग्रा चौेरी गाई चरेको देख्छौ र कालो पत्रे सजिलो सडक सगै बेलुकाको समयमा हिमालको काखमा रहेको हिमालपारीको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम पुग्छौ एकै छिनको बसाई सगै हामी फेरी मुक्तिनाथ तर्फको यात्रामै अगाडि बढ्छौ । बाटोमा हामी सवार गाडीमा केही प्राविधिक समस्या आए पनि निरन्तर अगाडी बढि रहन्छौ यतिकैमा हामी मुस्ताङ रानी पौवा भन्ने ठाऊमा पुग्छौ र फोर सिजन होटलमा बस्ने निर्णय सगै हामी मौसम निकै चिसो भएको हुदा तातो तातो खाना सगै आगो ताप्दै जाडो कटाउदै मीठो निन्द्रा र थकान मेटाउछौ ।

यसरी नै १३ गते बिहानै ५ बजे उठयौ , नुवाई धुवाई गरी केही सर समान तथा मुस्ताङ मौलिकता झल्कने कपडा किन्दै बिहान ७ बजे मुक्तिनाथ मन्दिर तर्फ प्रस्थान गर्यौ । मन्दिर पुग्नलाई ३० मिनेट लाग्यो । उक्त ३० मिनेटको यात्रामा थुप्रै भारतिय पर्यटकहरु उकालो चढिरहेका थिए, यतिकैमा नेपाली सेनाको सेनापतिको हेली पनि आईपुग्छ यसरीनै आखाले रमित हे्दै धौलागीरि ,याक र निलगिरी हिमाल सगै हिमाल बाट आएको पानीसग स्पर्श गर्दै मुक्तिनाथ मन्दिरमा पुग्छौ र मन्दिरमा भगवानको दर्शन पश्चात् हामी फुल टीका ग्रहण गर्दै पुन रानी पौवा भन्ने ठाऊमा आउछौ र हामी सिदै जोमसोम फर्कन्छौ ।
स्थानीय नेकपा एमाले पार्टी प्रतिनिधी साथीहरु सगै गफ गर्दै बिहानको खाना खान्छौ र हामी पोखरा सम्मको यात्रा तया गर्छौ तर आचानक तातो पानी कुण्ड काटेको केही समयमा हाम्रो गाडी बिग्रिन्छ तर पनि हामीले बाटोमा साथीको साथ पाउछौ सन्जोकले असल सहयोगी मान्छे भेट्छौ र गाडी मर्मत पछि निरन्तर अगाडी बढ्छौ । हामी पोखराको लेक साईडको होटलमा बस्छौ जुन होटल हाम्रो आफ्नै पाख्रिबासकी चेलीको रहेको थियो ।
यतिकैमा १४गते बिहान चेलीसगको भेटघाट सगै हामी चितवनको सौराहा महाधिवेशनको बन्द सत्र स्थल तर्फ अगाडी बढ्छौ बाटोमा भेटिने मदन आश्रित पार्कमा जन नेता मदन भण्डारी र कुशल संगठन जीवराज आश्रितको शालिकवाई माल्यार्पण गर्दै श्रद्धासुमन व्यक्त गर्दै महाधिवेशनको अन्तिम समय नतिजाको पर्खाई अनि नेताहरुको भेटघाट गर्न सौराहा आईपुग्छौ यतिकैमा हामी धनकुटा एमाले जिल्ला अध्यक्ष सांसद माननीय राजेन्द्रकुमार राईसग भेटघाट सगै कुरा गर्दै गर्दा नतिजा पनि आउछ । हाम्रा नेताले अत्याधिक मत १८३६ ल्याएर निर्वाचित हुन हुन्छ अनि उहालाई भव्य बधाई शुभकामना दिदै हामी रातको निकै समय भएको थियो हामी होटल चितवन भ्युमा बस्छौ निकै रमाईलो गरि रात त्यहि बिताउछौ ।
१५गते बिहान भने चितवन बाट पाख्रिवास सम्मको यात्रा तय गर्छौ बाटोमा बिहानको खाना सगै बरमजियाको पेडा मिठास लिदै बेलुका आफ्नै ठाउँ पाख्रिवास आईपुग्छौ।


