मानव अधिकार दिवशको अबसरमा धनकुटामा अन्तरक्रिया
धनकुटा,२४ मंसिर . ७३ औं विश्व मानव अधिकार दिवशको अबसरमा मानव अधिकार एलाइन्स, गैसस महासंघ धनकुटा र हुसाडेक नेपाल धनकुटाले आयोजना गरेको मानव अधिकारको वर्तमान अवस्था र नागरिक समाजको भुमिका भन्ने मूल नाराका साथ १३ औँ मानव अधिकार राष्ट्रिय महाभेला २०७८ को अन्र्तकृया कार्यक्रम आयोजना गरेको छ ।
दिवशको अवसर पारेर आयोजना गरिएको कार्यक्रमा बोल्दै वतmाहरुले विश्वमा मानव अधिकारको बिषय लाई पहिलो प्राथमिकतामा विश्वका सबै मुलुकहरुले राख्नु पर्ने धारण राखेका छन् । अन्र्तकृया कार्यक्रमा बोल्दै प्रमुख अथिति तथा जिल्ला समन्वय समितीका संयोजक टंक चौहानले विश्वका सबै देशले मानअधिकारको सम्मान गर्नु पर्ने बताउनु भयो ।
साथै उहाँले मानव अधिकारका कुरा व्यावहारीक रुपमा कार्यन्यन हुनु पर्नेमा जोड समेत दिनु भयो । त्यस्तै मानव अधिकार एलान्स काठमाडौँका उपाध्यक्ष विदुर सुवेदीले नागरिकले खेल्ने भूमिका, अभिव्यक्ति र स्वतन्त्रताको अधिकारका कुराहरु माथिका असमानतालाई परिमार्जित गरी समानता ल्यायन र समाजमा पिक्षडिएका महिला,वालवालिका अपाङ्गता तथा जनजातिका कुराहरुलाई विशेष गरी हेर्ने वताउनु भयो ।
अन्र्तकृया कार्यक्रमा शिक्षा विकाश तथा समन्वय इकाईका इकाई प्रमुख मोहन राई, जिल्ला प्रसाशन कार्यालय धनकुटाका प्रसाशकिय अधिकृत विक्रम लिम्व, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई, वरख गणका प्रमुख सेनानी दुर्गा वहादुर थापा,सशस्त्र प्रहरी वल छिन्ताङ्गदेवी गुल्मका सशस्त्र प्रहरी सहायक निरीक्षक जीत वहादूर वस्नेत, लगायत अन्य सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रको अध्यक्षता हुसाडेट नेपाल धनकुटाकी अध्यक्ष गीता अधिकारीले गर्नु भएको थियो ।


