लैङ्गिक हिं’सा विरुद्धको १६ दिने अभियानको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
धनकुटा । सहिदभुमि गाउपालिका धनकुटाले लैङ्गिक हिं’सा विरुद्धको १६ दिने अभियानको अवसरमा गाउपालिका भित्रको मावि र आधारभुत विद्यालयका छात्राहरूको वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा प्रथम प्रतीक्षा प्रधान, सिद्द्देवी आधारभुत विद्यलय, दोस्रो शिक्षा राई जिवन सुधालय आधारभुत विद्यालय, आदर्श माद्यमिक विद्यालयका निया राई तेश्रो भएका छन् ।
विजयी छात्राहरुलाई कार्यक्रमका प्रमुख अतिथि गाउपालिका अध्यक्ष मनोज राई, अतिथिहरू उपाध्यक्ष रत्नश्वरी राई, गाउपालिकाका प्रमुख प्रशाससकिय अधिकृत राज कुमार शाक्य, प्रधानाध्यापक शम्सेरमान राई लगायत शिक्षकहरूले नेपाली शब्दकोष, डायरी, प्रमाण पत्र पुरस्कार वितरण गरेको गाउपालिकाको महिला तथा बालबालिका विकास शाखा प्रमुख प्रकृति राईले जानकारी दिनुभयो ।
प्रकाशमान सिंह अवधारणा सार्वजनिक गरेर सभापतिमा उम्मेदवारी दर्ता गर्ने
काठमाडौं, २५ मंसिर/कांग्रेस नेता प्रकाशमान सिंह आज शनिबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारीसँगै अवधारणापत्र सार्वजनिक गर्दैछन् ।सिंहले बिहान १० बजे सिंहदरबार मुल गेट अगाडि ट्राफिक कार्यालयसँग रहेको स्काइ बैंक्वेटस्थित सम्पर्क कार्यालयमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्ने कार्यक्रम रहेका उनका सहयाेगी युपी लामिछानेले जानकारी दिए ।
‘अवधारणासँगै सभापतिमा उम्मेदवारी घाेषणा गर्दै हुनुहुन्छ । त्यहीँबाट उम्मेदवारी दर्ताका लागि जाने कार्यक्रम छ,’ लामिछानेले न्युज कारखानासँग भने ।केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्यसहित १ सय ६७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनको कार्यतालिका छ । मनोनयन राष्ट्रिय सभागृहमा हुनेछ ।
संस्थापनइतरले सभापतिमा साझा उम्मेदवारको कसरत गरे पनि योजना सफल हुन सकेको छैन। हालको समीकरण अनुसार इतर समूहबाट सिंह र शेखर कोइराला चुनावी मैदानमा उत्रिने देखिन्छ। संस्थापन पक्षबाट भने सभापति शेरबहादुर देउवा पुनः सभापतिका उम्मेदवार बन्दैछन् ।
उनले शुक्रबारको उद्घाटनसत्रमै मतदातासँग अपील गर्दै भोट दिन आग्रह गरे । उनलाई नेता कृष्णप्रसाद सिटौला पक्षले पनि साथ दिने भएको छ ।यसअघि सभापति देउवाकै पक्षमा रहेका वर्तमान उपसभापति बिमलेन्द्र निधि पनि सभापतिका दाबेदार हुन् ।


