एक दिने पशुस्वास्थ्य शिविर सम्पन्न

धनकुटा । सहिद भुमिगाउपालिका धनकुटाको पशुशाखा कार्यलयको आयोजनामा एक दिने पशुस्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा वडा नं २ अखुवाटारका १ सय १६ घरधुरी कृषकका पशुपन्छिको उपचार तथा औषधी वितरण गरेको पशुशाखा प्रमुख नगेन्द्र पौडेलले जानकारी दिनुभएको छ । शिविरमा ९ सय ८२ गाईगोरु , बाख्रा १३ सय ३९ ,कुखुरा ८ सय ४५, कुकुर १३ , बंगुर १५ वटाकाे उपचार तथा औषधि वितरण गरिएको छ ।

कार्यक्रम वडा नं २ का वडा अध्यक्ष रत्न बहादुर राईकाे अध्यक्षतामा भएको थियो । कार्यक्रमका वडा सदस्य सोम मगर , पशुप्राविधिकहरू हरीकुमार राई , लोकमान राई ,बासुदेव बास्केटाको उपस्थिति रहेकाो थियो । कृषकको माग अनुसार अन्य ठाउँपनि सञ्चालन गरिन्ने गाउपालिका पशुशाखा कार्यलयले जनाएको छ ।

प्रकाशमान सिंह अवधारणा सार्वजनिक गरेर सभापतिमा उम्मेदवारी दर्ता गर्ने
काठमाडौं, २५ मंसिर/कांग्रेस नेता प्रकाशमान सिंह आज शनिबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारीसँगै अवधारणापत्र सार्वजनिक गर्दैछन् ।सिंहले बिहान १० बजे सिंहदरबार मुल गेट अगाडि ट्राफिक कार्यालयसँग रहेको स्काइ बैंक्वेटस्थित सम्पर्क कार्यालयमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्ने कार्यक्रम रहेका उनका सहयाेगी युपी लामिछानेले जानकारी दिए ।

‘अवधारणासँगै सभापतिमा उम्मेदवारी घाेषणा गर्दै हुनुहुन्छ । त्यहीँबाट उम्मेदवारी दर्ताका लागि जाने कार्यक्रम छ,’ लामिछानेले न्युज कारखानासँग भने ।केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्यसहित १ सय ६७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनको कार्यतालिका छ । मनोनयन राष्ट्रिय सभागृहमा हुनेछ ।

संस्थापनइतरले सभापतिमा साझा उम्मेदवारको कसरत गरे पनि योजना सफल हुन सकेको छैन। हालको समीकरण अनुसार इतर समूहबाट सिंह र शेखर कोइराला चुनावी मैदानमा उत्रिने देखिन्छ। संस्थापन पक्षबाट भने सभापति शेरबहादुर देउवा पुनः सभापतिका उम्मेदवार बन्दैछन् ।

उनले शुक्रबारको उद्घाटनसत्रमै मतदातासँग अपील गर्दै भोट दिन आग्रह गरे । उनलाई नेता कृष्णप्रसाद सिटौला पक्षले पनि साथ दिने भएको छ ।यसअघि सभापति देउवाकै पक्षमा रहेका वर्तमान उपसभापति बिमलेन्द्र निधि पनि सभापतिका दाबेदार हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।