धनकुटामा बढ्दै ब’ला’त्का’रका घटना
धनकुटा,२५ मंसिर । धनकुटामा सन् २०२० मा भन्दा २०२१ ब’ला’त्का’रका घटनामा बृद्धि भएको विवरण सार्वजनिक भएको छ । मानब अधिकारका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था अनौपचारिक सेवा केन्द्र इन्सेकले सन् २०२१ मा धनकुटामा भएका मानब अधिकारका उल्घनका ५७ वटा घटना सार्वजनिक गरिएको छ ।
यो अबधिमा धनकुटामा २ जनाको ह’त्या, १ जनालाई कु’टपी’ट, ७ जना बा\लिका र १५ जना यू’वती माथी ब’ला’त्का’र भएको प्रतिवेदन सार्वजनीक गरिएको छ । त्यस्तै घरेलु हिं’साका ३२ वटा घटना घटेको धनकुटाका इन्सेक प्रतिनिधी इश्वर थापाले जानकारी दिए । सन् २०२० मा धनकुटामा ह’त्या ५ , ह’त्या प्रयास १, घरेलु हिं’सा १०, ब’ला’त्का’र १३, आ’त्मा’ह’त्या दु’रुत्साहनका १ घटना घटेको इन्सेकले जनाएको छ । विवरणहरु प्रहरी, स्थानियतह, न्यायीक समिती बाट लिएको इन्सेकले जनाएको छ ।
इन्सेकको विवरण अनुसार सन् २०२० मा भन्दा २०२१ मा धनकुटामा करिब ९७ प्रतिशतले मानब अधिकारका घटनामा बृद्धि भएको देखाएको छ । विवरण सार्वजनिक कार्यक्रमा जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी निरिक्षक काशीराज रेग्मी, गैसस महासंघ धनकुटाका अध्यक्ष मीनप्रसाद सुवेदी, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष खगेन्द्र प्रसाद घिमिरे, निवर्तमान अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ, सशत्र प्रहरी बल छिन्ताग गुल्मका सहायक निरिक्षक जीत वहादूर वस्नेत इन्सेकका पूर्व प्रतिनिधी निलबहादुर थापा लगायतको उपस्थिीती रहेको थियो ।


