धनकुटा खबरकर्मी राई पुरस्कृत

धनकुटा,२५ मंसिर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ धनकुटा शाखाको चौथो अधिवेशनमा धनकुटा खवरकी संवाददाता शर्मिला राई पुरस्कृत हुनु भएको छ ।

संचारमा समावेशिता कानुनमा चाहियो,व्यबहारमा पनि भन्ने मूल नाराका साथ आज बाट सुरु भएको चौथो जिल्ला अधिवेशनमा राई लाई पुरस्कृत गरिएको हो ।

आदिवासी जनजातिको विकासमा पत्रकारीताको माध्यम बाट पुर्याएको योगदानको कदर गर्दै आदिवासी जनजाति कृयाशिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको आयोजकले जानकारी दिएको छ ।

सडकले निम्त्याएकाे विनाश : निदाउँदैनन् स्थानीय, स्थानीय सरकारकाे बेवास्ता
ओखलढुंगा, २५ मंसिर/विनागुरुयाेजना जताततै निर्माण गरिएका ग्रामीण सडकले सुविधा मात्र दिएकाे छैन, बाढीपहिराेकाे जाेखिम पनि त्यत्तिकै निम्त्याएकाे छ । बर्सेनि हिउँदमा खनिएका कच्ची सडकबाट बगेकाे भेलले स्थानीयकाे उठिबास मात्र भएकाे छैनन् ज्यानसमेत गुमाएका छन् । वातवरणीय प्रभाव मुल्यांकन र मानववस्तीमा हुने क्षतिकाे आंकलन नगरी निर्माण गरिएका दीर्घकालीन महत्वका सडकसमेत नागरिकका लागि सुविधाभन्दा दशा बनेकाे हेर्न ओखलढुंगाकाे मानेभञ्ज्याङ्ग गाउँपालिका-२ उबूं पुग्दा हुन्छ । दुधकाेशी एकवार सडक निर्माणका क्रममा भत्काइएकाे पहाडबाट सुरु भएकाे पहिराे अहिले वस्तीसम्मै आइपुगेकाे छ । गत असाेजमा सुरु भएकाे पहिराे अहिले सुख्खायाममा समेत पूर्ण रुपमा खस्न राेकिएकाे छैन ।

पहिराेले वडा नं १ र २ का वस्ती उच्च जाेखिममा छन् । मानेभञ्ज्याङ गाउँपालिका- १ चुनेका ७२ वर्षीय असलमाया राई हिजाेआज निदाउन सक्दिनन् । घरमुनि दुधकोशी नदी किनार हुँदै खसेको पहिरोले उनको निन्द्रा खोसिएको हो । पहिरोले घरैमुनि भएको खेतबारी बगाउन थालेकाे छ । उनले भनिन्, ‘अब के खाने कहाँ जाने चिन्ता लागेको छ । आफूले कमाई खाँदै आएको खेतबारी पनि पहिरोले तानिसक्याे घरै जाला भन्ने पीर भो ।’

स्थानीय सरकारकाे बेवास्ता

पहिराे पीडित भएका एक दर्जन परिवारकाे सुरक्षित आवाशकाे अधिकार सुनिश्चित गर्न स्थानीय सरकारले भने चासाे दिएकाे छैन । स्थानीयस्तरमा केही गर्न सकिने अवस्था नै नरहेकाले पीडितहरूलाई आफैं सुरक्षित रहन आग्रह मात्र गरेकाे छ । पहिराेले गाउँ मात्र जाेखिममा परेकाे छैन, गाउँका नागरिक स्थानीय बजार जयरामघाटसम्म आवतजावत गर्ने एकमात्र बाटो पनि पहिरोले बगाएको छ । नेपाल सरकारले कच्ची सडक खनेको स्थान हुँदै पहिरो खसेपछि मानेभञ्ज्याङ गाउँपालिका र खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका तल्लो भेगका नागरिक बढी प्रभावित छन् । त्यहाँका नागरिकलाई बजारसँग जोड्ने बाटो नै बगाएपछि दैनिक उपभोग्य वस्तु किनमेल गर्नै समस्या देखिएको छ ।

पहिरोले मानिसहरू आवतजावत गर्ने बाटोसमेत छैन । भएको बाटो बगायो, किनमेल गर्न जाने बजारसँगै सम्बन्ध टुटेको छ । जान त सकिन्छ तर पहिरोको जोखिम मोलेर पहिराेको शीरबाट जानुपर्छ । स्थानीय सरकारले भने डरलाग्दाे पहिरोले त्रसित बनेका स्थानीयलाई सचेत रहन आग्रह गरेको छ । स्थानान्तरण र पुनर्स्थापनाका काम गर्न नसकिने भन्दै आफैँ सुरक्षित रहने भनिएकाे हाे ।

पहिरो तत्काल रोकिने अवस्थाको नरहेकाले सुरिक्षत रहन र पहिरो आसपासको क्षेत्रमा खेतीपातीसमेत नगर्न गाउँपालिकाले आग्रह गरेको छ । गाउँपालिकाका अध्यक्ष मोतीराज राईले तत्काल जोखिममा रहेका नागरिकलाई अन्यत्र सार्न सकिने अवस्था नरहेकाे बताए । उनले यस विषयमा छलफल गरेर पहल गर्ने बताएका छन् ।

भाैगर्भिक अध्ययन आवश्यक

तत्काललाई पहिरो नियन्त्रणको कुनै उपाय नभए पनि यसको दीर्घकालीन समाधानका लागि भौगर्भिक अध्ययन गर्न आवश्यक रहेकाे सराेकारवालना निकायकाे भनाइ छ । पहिराेपीडितले भने सुरक्षित पुनर्वासकाे माग गरेका छन् । पहिराेपीडितकाे विषयमा समाचारहरू प्रकाशित भएपछि जिल्ला विपत् व्यवस्थापन समितिले स्थानीय सरकारका प्रतिनिधिसमेत बाेलाएर अध्ययन गरेकाे छ । हर्कपुर सडक आयाेजना अन्तर्गत निर्माण थालिएकाे उक्त सडक विनाअध्ययन जथाभावी खन्दा समस्या आएकाे स्थानीयकाे गुनासाे छ ।

अचानक पहिराे आएकाे र त्यस क्षेत्रमा पहिराे जान सक्ने पूर्वानुमान नभएकाे सडक आयाेजनाकाे भनाइ छ । पहिरोले स्थानीयको खेतबारी नै बगाउने अवस्था आएपछि गृह मन्त्रालयमा यसको अध्ययनका लागी पत्राचार गर्ने र यसको दिगोपनाका लागि आवश्यक प्रकृया अगाडी बढाइने सडक डिभिजन कार्यलय हर्कपुरका डिमभजन प्रमुख अरुणकुमार लालकर्णले बताए ।

पहिरोका कारण तत्काल तीनघर स्थानीय जोखिममा छन् भने अन्य १० भन्दा बढी घरपरिवार प्रभावित छन् । उनीहरूले खेती गर्दै आएका जमिनलाई समेत पहिरोले तान्ने अवस्था आएपछि स्थानीय झनै मर्कामा परेका छन् । स्थानीयको समस्या बुझ्न र पहिरो अवलोकनका लागि केही दिनअघि पुगेको स्थानीय सरकार र स्थानिय प्रशासनको टोलीले त्रसित सथानियलाई ढाडस दिएको छ । प्रहरीले पहिरोबाट सुरक्षित रहन र आवश्यक परेको खण्डमा तत्काल कार्यलयमा सम्पर्क राख्न भनेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।