नेपाल आदिवासी जनजाति पत्रकार महासंघ धनकुटाको अध्यक्षमा विनु चेम्जोङ चयन
धनकुटा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ धनकुटाको अध्यक्षमा विनु चेम्जोङ चयन हुनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को शनिवार बेलुकी सम्पन्न चौथो जिल्ला अधिवेशनबाट चेम्जोङको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा मालती मोक्तान,सचिवमा पूर्ण कुमार चौधरी,सहसचिवमा जयन्ति राई र कोषाध्यक्षमा विश्वराज श्रेष्ठ चयन भएका छन् । अन्य सदस्यहरुमा कुसुम राई,अनिता आठपहरिया राई,उत्तम कुमार देवान,विवेक तामाङ,सफल राई,कृष्ण कुमारी राई,कल्पना तामाङ र चाँदनी राई रहेका छन् ।
त्यस्तै प्रदेश प्रतिनीधिमा सन्तवीर लामा,ब्रम्हलाल हजारी,अजय सन्तोषी राई,सर्मिला राई,हिमाकुमारी चेम्जोङ,आकृती आठपहरिया राई,भुदेव नारायण भगत,नरेन्द्र राई,नारायण कुमार राई र ठगिन कुमार राई चयन भएका छन् । संघिय प्रतिनीधिमा सञ्जय सन्तोषी राई,विजय सन्तोषी राई,राजेश्वर बहादुर श्रेष्ठ,नगेन्द्र राई,विदुर खवास,याानिन्द्र तिगेला र वालिका मादेन चयन भएको निर्वाचन मण्डलले जनाएको जनाएको छ ।
एमाले केन्द्रीय कमिटी बैठक आज पनि, यी हुन् एजेण्डा
काठमाडौं, २६ मंसिर/प्रमुख प्रतिपक्षी नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज आइतबार बिहान बस्दैछ। एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक बिहान ११ बजे भक्तपुरको गठ्ठाघरमा बस्नेछ।शनिबारबाट सुरु भएको केन्द्रीय कमिटीमा १५ एजेण्डा छन् । पहिलो दिनको बैठकमा सपथ ग्रहण छुटेका केन्द्रीय सदस्यलाई सपथ ग्रहण गराइएको थियो भने पार्टीको केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको थियो ।
त्यस्तै, आगामी २३ पुसमा जिल्ला अधिवेशन एकै साथ र ८ माघ ८ गते सबै प्रदेश कमिटीको अधिवेशन एकैसाथ निर्देशन दिइएको छ ।बैठकले नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी बाँडफाँट गर्ने र प्रदेशमा रिक्त रहेका पदाधिकारीहरू मनोनित गर्नेछ । बैठक सञ्चालन कार्यविधि बनाउने बैठकका एजेण्डा छन् ।


