सहिदभुमि गाउपालिकामा सहकारी सदस्यहरुलाई सहकारी सम्बन्धि तालिम प्रदान
धनकुटा । धनकुटाको सहिदभुमि गाउपालिकाका सहकारी सदस्यहरुलाई सहकरी सम्बन्धि विभिन्न्न विषयमा तालिम प्रदान गरिएको छ ।
गाउपालिकाद्धारा आयोजित अभिमुखिकरणमा सात वटै वडाका सहकारी सदस्यहरुलाई सहकारीको मुल्यमान्यता, संस्थापन कार्यविधि,सहकारी सुशासन अवस्था, सहकारी क्षेत्रका राज्य संयन्त्रहरू सँगको छलफल लगायत विषयमा प्रशिक्षण दिईएको गाउपालिकाको रोजगार संयोजक तथा सहकारी विभाग प्रमुख सीता पौडेल जानकारी दिनुभयो ।
अभिमुखीकरणमा गाउपालिका विभिन्न सहकारी संस्थाका २० जनाको सहभागिता थियो । तालिमको सहजिकरण रोजगार संयोजक तथा सहकारी विभाग प्रमुख पौडेलले गर्नुभएको थियो ।


