ग्रामिण उद्यम तथा आर्थिक विकास परियोजनाको धनकुटामा अन्तरक्रिया

धनकुटा,२९ मंसिर । कृषि उपज उत्पादनपछिको ब्यबस्थापन र मूल्य श्रृंखलामा सघाउने उद्देश्यले स्थापना भएको ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यलय पाख्रिवास धनकुटाले धनकुटामा सरोकार वालाहरु संग अन्र्तकृया आयोजना गरेको छ ।

प्रदेश–१ र बागमति प्रदेशका पहाडि जिल्लामा कृषि तथा पशुपंक्षि विकास मन्त्रालयले विश्व बैंकसँग ऋण लिएर गर्ने राजमार्ग लक्षित पशु तथा कृषि विकास परियोजना सरोकार वालाहरु संग छलफल गरेको हो ।

कार्यक्रममा बोल्दै प्रदेश–१ भूमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर रामानन्द तिवारीले कृषि उपज बिक्रि र प्रवद्र्धनका लागि बजार, प्रसोधन उद्योग, आवास, संकलन र चिस्यान केन्द्र निर्माण, ढुवानी सामग्री खरिद तथा अन्य पूर्वाधार ब्यबस्थापन गर्न किसानलाई आर्थिक र प्राविधिक सहयोग गरिने बताउनु भयो ।

यी प्रदेशका जिल्लाका मध्यपहाडी राजमार्गले छोएका ४० वटा स्थानीयतहमा यो आयोजना संचालन गर्न जनाएको छ । अन्र्तकृया कार्यक्रममा प्रदेश सभासदस्य निरन राई, इन्द्रमणी पराजुली, कुशुम श्रेष्ठ स्थानियतहका प्रमुख प्रतिनिधी सहित कृषि संग आबद्ध विभिन्न समुह सहकारी सहित सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको समेत उपस्थिती रहेको थियो ।

कर्णाली प्रदेशमा कृषिमा बढ्दाे आकर्षण, स्याउ खेती धेरैकाे राेजाइमा
काठमाडौं, २९ मंसिर /कोभिड-१९ महामारीपछि कर्णाली प्रदेशमा कृषि क्षेत्रमा आकर्षण बढ्दै गएको छ । महामारीले देशभरका उद्योग, व्यवसाय प्रभावित भइरहेकाे बेला कर्णालीमा भने व्यावसायीक रुपमा कृषिमा लाग्नेको संख्यासँगै उत्पादन समेत वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनअनुसार कर्णालीमा कृषिको क्षेत्रफल बढ्दै गएको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा कर्णाली प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल ४.६८ प्रतिशतले बढेको छ । जसमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल ४.५२ प्रतिशत, तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफल ३.०३ प्रतिशत र फलफूल तथा मसला बालीले ढाकेको क्षेत्रफल ७.५४ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेशभित्र तरकारी तथा फलफूल बालीको क्षेत्रफल १३ हजार आठ सय २७ हेक्टर रहेकोमा नाै हजार ६ सय ८२ हेक्टर जमिनमा स्याउ खेती गरिएको छ । अघिल्लो आर्थिक वर्षमा आठ हजार दुई सय २७ हेक्टरमा रहेको स्याउ खेती यस आर्थिक वर्षमा १७.६९ प्रतिशतले बढेको छ । सडक पूर्वाधार बनेसँगै बजार पाउन थालेपछि स्याउ खेतीमा किसानको आकर्षण बढ्दै गएको उल्लेख छ ।

कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा कम योगदान रहेको कर्णाली प्रदेश तुलनात्मक रुपमा कृषि, पर्यटन र उर्जाको क्षेत्रमा बढी सम्भावना भएको अध्ययन प्रतिवेदनले औल्याएको छ । तर, वैदेशिक रोजगारीका लागि भारत तथा खाडी मुलुकमा जाने गरेका अधिकांश युवा जनशक्तिलाई प्रदेशमै रोजगारीको अवसर सिर्जनागरी बढ्दो गरिबी तथा बेरोजगारीलाई न्यूनिकरण गर्नु, भौगोलिक विकटताका बाबजुद यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रको पूर्वाधार तथा आधारभूत सेवाको विस्तारगरी समग्र पूर्वाधार क्षेत्रको विकास गर्नु प्रदेशको मुख्य चुनौती रहेको अध्ययन प्रतिवेदनले औल्याएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।