धारापानी आधारभुत विद्यालय सिन्धसारमा अतिरिक्त क्रियाकलाप सञ्चालन
पौष १,धनकुटा । धनकुटाको चौविसे गाउँपालिका २ मुढेवासको श्री धारापानी आधारभुत विद्यालय सिन्धसारमा आज अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएको छ ।
विद्यालयको आयोजनामा भएको अतिरिक्त क्रियाकलाप अन्र्तगत स्रुती लेखन र हिसाब दौड प्रतियोगिता खेलाईएको हो । कक्षा १ देखी ३ सम्मका विद्यार्थीहरु वीच स्रुती लेखन,कक्षा ४ र ५ का विद्यार्थी वीच हिसाव दौड र कक्षा ६,७ र ८ का विद्यार्थी वीच पनि हिसाव दौड प्रतियोगिता नै खेलाईएको थियो ।
जसअनुसार स्रुती लेखन तर्फ कक्षा १ की रचना मगर पहिलो, कक्षा २ की रेखा मगर दोश्रो र कक्ष ३ की सञ्जिता लिम्वु तेश्रो भएका छन् । त्यस्तै कक्षा ४ र ५ वीचका विद्यार्थीहरु वीच भएको हिसाव दौड प्रतियोगितामा कक्षा ५ का सुवर्ण मगर पहिलो,कक्षा ५ कैयसोदा मगर दोश्रो र कक्षा ४ का अञ्जली मगर तेश्रो भएका छन् भने कक्षा ६,७ र ८ का विद्यार्थीहरु वीचको हिसाव दौड प्रतियोगितामा तर्फ राकेश मगर कक्षा ८, भविन मगर कक्षा ७ र रैविना गुरुङ क्रमश प्रथम, दोश्रो र तेश्रो भएका छन् ।
विजयी विद्यार्थीहरुलाई विद्यालयका प्रधानाध्यापक कैलाश ढुङ्गानाले पुरस्कार वितरण गर्नुभएको शिक्षक विनोद ढोडेली मगरले जानकारी दिनुभयो । कक्षा १ देखी ३ सम्मका विद्यार्थी वीचको प्रतियोगिता सञ्चालन प्रावि ईन्चार्ज डुण्डीराज ढुङ्गानाले गर्नुभएको थियो ।
कक्षा ४ र ५ को प्रतियोगिता शिक्षक दलमाया मगर र कक्षा ६ देखी ८ सम्मका विद्यार्थी वीचको प्रतिगोगिता सञ्चालन शिक्षक नरदेवी मगरले गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक गोपीराम लिम्बुले गर्नुभएको थियो ।


