पशु स्वास्थ्य शिविर सञ्चालन

धनकुटा । सहिदभुमि गाँउपालिका धनकु्टाले आज वडा नं १ घंगरुमा पशु स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सिविरमा ७५ घरधुरीका कृषकले पालेका पशु्पन्छि उपचार तथा औषधि वितरण गरिएको पशुशाखा प्रमुख नगेन्द्र पौडेलले जानकारी दिनुभयो ।

बाख्रा १३ सय ५४ ,गाईगोरु १ सय ९० ,भैसि ३१ , बंगुर १ सय ३९ र कुखुरा ९ सय ८३ वटाको उपचार तथा औषधि वितरण गरेको पशुशाखा प्रमुख पौडेलले जानकारी दिनुभयो । शिविर गाउपालिका उपाध्यक्ष रत्नश्वरी राई र कार्यपालिका सदस्य सरस्वती कार्कीको उपस्थितिमा सम्पन्न भएको थियो ।

शिविरमा पशु प्राबिधिकहरु हरी कुमार राई, दिपक राई, लोकमान राई र बासुदेव बास्कोटाको सहभागिता रहेको थियो । गाउपालिकाको पशु शाखा कार्यलयले आर्थिक वर्ष २०७८।०७९ को वार्षिक स्विकृत कार्यक्रम अन्तरगत पशु स्वास्थ्य शिविर सञ्चालन गरेको पशुशाखा कार्यले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।