धनकुटामा ट्राफिक सप्ताह कार्यक्रमको व्यापक तयारी, दैनिक ट्राफिक गतिबिधि सहित
धनकुटा । दिन प्रतिदिन बढ्ढो सवारी दुर्घटना तथा ट्राफिक ब्यबस्थापनमा देखा परेका समस्या समेतलाई सम्बोधन गर्न, सवारी दुर्घटना र सो बाट हुन सक्ने क्षतिलाई न्यूनिकरण गर्ने उदेश्यका साथ धनकुटामा भव्य रुपमा ट्राफिक सप्ताह मनाउने तयारी गरिएको छ ।

१ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरीको मुख्य आयोजनामा पौष ४ गतेबाट मनाउन लागिएको ट्राफिक सप्ताह कार्यक्रमलाई भब्य र सभ्य तरिकाले सफल पार्न प्राय सम्पूर्ण आवश्यक तयारी गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटा प्रमुख प्रहरी नायव निरीक्षक लोक बहादुर दियालीले जानकारी दिनुभयो ।
१ नं प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय बिराटनगर र प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको संयुक्त आयोजनामा सप्ताहव्यापी कार्यक्रम १ नं प्रदेश भरी नै सञ्चालन हुने र धनकुटामा पनि ट्राफिक सचेतना अभियान गर्न लागिएको ट्राफिक प्रहरी दिपक खड्काले बताउनु भयो ।

सप्ताहव्यापी रुपमा मनाउन लागिएको यो कार्यक्रमको उद्घाटन प्रमुख जिल्ला अधिकारी मार्फत गरिने छ । सोही कार्यक्रममा जिल्लाका विभिन्न सामाजिक संघ संस्था,सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, यातायात व्यवस्था सेवा कार्यालय, निजी तथा सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी, नागरिक समाज, वुद्धिजीवी तथा पत्रकार समेतलाई सहभागी गराईने छ ।
ट्राफिक सप्ताह कार्यक्रममा दैनिक हुने ट्राफिक गतिबिधिहरु:
१. मिति २०७८।०९।०४ गते ०८:०० बजे देखी भिमनारायणचोक धनकुटा बाट र्याली सहित भिम्सेन थान मन्दिर, मदनचोक हुदै बसपार्कमा आई ट्राफिक सप्ताह उद्घाटन कार्यक्रम शुभारम्भ ।
२. मिति २०७८।०९।०५ गते ०७:०० देखी १०:०० बजे सम्म जिल्ला भरी सचेतना मुलक पर्चा पम्प्लेट वितरण र ट्राफीक स्वयम सेवक परीचालन ।
३. मिति २०७८।०९।०६ गते ०८:०० बजे देखी १५:०० बजे सम्म स्थानिय तहसँग समन्वय तथा सहकार्यमा जिल्ला भरीको फुटपाथ एवं सवारी पार्किङ व्यवस्थापन

४. मिति २०७८१०९१०७ गते ०८:०० देखी ०९:०० बजे सम्म जिल्ला भरी सडकमै चालक सह चालकहरुलाई प्रशिक्षण कार्यक्रम ।
५. मिति २०७८।०९।०८ गते ०८:०० देखी १४:०० बजे सम्म विभिन्न विद्यालयहरुमा गई ट्राफिक सचेतनामुलक कक्षाहरु संचालन ।
६. मिति २०७८।०९।०९ गते ०८:०० देखी १०:०० बजे सम्म धनकुटा जिरोप्वाईन्ट स्थीत सवारी चालकको स्वास्थ्य अवस्था चेकजाँच तथा सवारीको यान्त्रीक अवस्था चेकजाँच कार्यक्रम गरिने ।
७. मिति २०७८।०९।१० गते ट्राफिक सप्ताह कार्यक्रमको समिक्षा सहित सम्पन्न ।


