सुनको मूल्य तोलामा ४०० ले घट्यो, चाँदीको भाउ पनि ओरालो

काठमाडौं, ४ पुस/साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजाररुपैयाँ कायम भएकोमा आइतबार ४०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार ६०० रुपैयाँ कायम भएको हो ।

आइतबार छापावाल सुन प्रति १० ग्राम ८० हजार २४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७९ हजार ८१५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २४५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ६७ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।