पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को मेगा अडिसन सम्पन्न,को-को भए छनौट ?
धनकुटा । टिन्ज कृउ डान्स सेन्टर र सरस्वती युवा क्लब धनकुटाको संयुक्त आयोजनामा भईरहेको रहेको गायन तथा नृत्य प्रतियोगिताको पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को मेगा अडिसन सम्पन्न भएको छ । कार्यक्रम धनकुटाको टिन्ज कृउ डान्स सेन्टरको नृत्य हलमा भएको हो ।

यसअघि पूर्वका इलाम,झापा,इटहरी,तेह्रथुम,बसन्तपुर र संखुवासभा र धनकुटामा सम्पन्न अडिसनबाट छनौट २०० प्रतियोगिहरुले भाग लिएका हुन् ।
मेगा अडिसनबाट गायन तर्फ ४० जना र नृत्य तर्फ ४० जना तेस्रो राउण्डको लागि छनौट गरिएको कार्यक्रम संयोजक सुमन योगीले बताउनु भयो ।निर्णायकहरुमा जुनि खालिंग राई,प्रबिन बिसी,सुजन योगी र पुजा तामॉंग रहेका थिए ।

कार्यक्रमको तेस्रो राउण्ड पुष १६ गते गायन विधा र १७ गते नृत्य विधाको हुने भएको छ । जसमा दुवै विधाबाट छानिएका ४०-४० ले टप ३० को लागि प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रमको छायॉंकन यात्री ब्रोजले गरिरहेको छ ।
म्युजिक खबरको सम्मान तथा पुरस्कार घोषणा
काठमाडौं, ४ पुस/गीतकार राजेन्द्र थापालाई नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ मा ‘दीर्घ साधना सम्मान’ प्रदान गरिने भएको छ । म्युजिक खबर डटकमले आयोजना गर्न लागेको कार्यक्रममा ‘पोहोर साल खुशी फाट्दा…’, ‘पर लैजाउ फूलहरू…’, ‘क्या दामी…’, ‘याद गर्न पनि…’, ‘गाला रातै…’, ‘पहिलो नम्बर…’लगायतका गीतका रचनाकार थापालाई दीर्घ साधना सम्मान प्रदान गर्न लागिएको हो ।
आयोजकले गायक रामप्रसाद खनाललाई ‘म्युजिक खबर डायस्पोरा संगीत सम्मान’, पत्रकार विदुर गिरीलाई ‘म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार’, गायक हेमन्त शर्मा र गायिका सीता थापालाई ‘यूजिक खबर दशकको स्रष्टा सम्मान’ प्रदान गर्ने भएको छ ।
यसैगरी गायक राजु ढकाललाई ‘युवा प्रतिभा संगीत सम्मान’, गायिका सफलता श्रेष्ठलाई ‘बाल प्रतिभा प्रोत्साहन सम्मान’ प्रदान गरिने आयोजकले जनाएका छन् । पुरस्कार र सम्मान निकट भविष्यमै काठमाडौंमा आयोजना हुने आयोजकले जनाएका छन् ।


