शिक्षाकर्मि बचत तथा ऋण सहकारी संस्था धनकुटाको ११ औं बार्षिक साधारण सभा सम्पन्न

धनकुटा,४ पुष । शिक्षाकर्मि बचत तथा ऋण सहकारी संस्था धनकुटाको ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । “ पारस्परिक सहयोग र उदारता विपतकालिन परिवेशमा हाम्रो सहकारीता” भन्ने मुलनाराका साथ संचालित सहकारीको सभा सम्पन्न भएको हो ।

सहकारी संस्थाको शेयर पुँजी १३ लाख ५७ हजार ५ सय रहेको र निक्षेप १ करोड ४२ लाख ९० हजार ६ सय १३ रुपैयाँ रहेको र ऋण लगानी १ करोड ६७ लाख ८ हजार ८ सय ७२ रहेको रहेको संस्थाका अध्यक्षक प्रतिवेदन मार्फत सार्वजनिक गरिएको छ ।

त्यस्तै संस्थाको कुल पुँजी १ करोड ८५ लाख, ४१ हजार ३ सय ५ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थाको बार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष हरीप्रसाद दाहालले प्रस्तुत गर्नु भएको थियो भने लेखा मितीको प्रतिवेदन लेखा समितीका संयोजक लक्ष्मीप्रसाद सापकोटाले गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी नेपाल शिक्षक संघ प्रदेश १ का प्रदेश उपाध्यक्ष गंगाराम ढुङ्गगाना सहित नेपाल शिक्षक संघ प्रदेश १ का प्रदेश अर्थमहासचिव रामकुमारी भण्डारी, नेपाल शिक्षक संघ छथरजोरपाटी गाउँपालिका अध्यक्ष हरीप्रसाद दाहाल, साँगुरीगढी गाउँपालिका नेपाल शिक्षक संघ अध्यक्ष कुलप्रसाद दाहाल,गोकुण्डेश्वर बालमन्दिर माध्यामिक विद्यालयका प्रध्यानाध्यापक दामोदर मिश्र, नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र बहादुर लिम्बु, लगायतले शुभकामना दिनु भएको थियो ।

त्यस्तै कार्यक्रमा जेष्ठ शेयर सदस्य सम्मान अन्र्तगत मीनबहादुर भण्डारी,राजेन्द्र खड्का ललित चेम्जोङ्ग र जमुना अधिकारी लाई सम्मान गरिएको थियो भने असल बचतकर्तामा गोकुण्डेश्वर माध्यामिक विद्यालयकी शिक्षका यशु सापकोटा र शहिदभूमी गायँपालिकाकी प्रेमकुमारी राई लाई सम्मान गरिएको थियो ।

त्यस्तै संस्थापक शेयर सम्मान बाट गोकुण्डेश्वर बालमन्दिर माध्यामिक विद्यालयका शिक्षक चक्रपाणी सुवेदी सम्मानित हुनु भएको थियो । शेयर सदस्यका सन्तती उत्कृष्ठ सम्मान तर्फ साधारण ४ जि.पि.य प्राप्त गर्ने शुलभ थापा र आर्दश मिश्र लाई सम्मान गरिएको थियो । कार्यक्रको स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष विनय राईले गर्नु भएको थियो भने कार्यक्रको संचालन संस्थाका सचिव टिकाराम श्रेष्ठले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।