ग्रेट अटो सो रुमको उद्घाटन
धनकुटा । सौराज ट्याक्टरको सेल्स सर्भिस स्पेयर पार्टसको आधिकारिक विक्रेता ‘ग्रेट अटो’ सो रुमको उद्घाटन गरिएको छ । धनकुटा १ हिले न्यूरोड वुद्धचोक नजिक आजबाट सञ्चालनमा ल्याईएको यो सो रुमको सौराज ट्याक्टर लिमिटेड नेपाल प्रमुख मनोज दलवीरले रिवन काटेर उद्घाटन गर्नुभएको हो ।
सो रुम उद्घाटनपछि ग्राहकहरुलाई सौराज ट्याक्टर फोर ह्वीलमा पनि आईसकेको स्पष्ट पार्दै यसका थप विशेषताको बारेमा जानकारी गराईएको सौराज ट्याक्टर हिलेका सञ्चालक कविनमान सिंह अधिकारीले जानकारी दिनुभयो । यो ट्याक्टरको सो रुम हिलेमा सञ्चालनमा आए सँगै पहाडी क्षेत्रका सेवाग्रहीलाई सहज हुने अपेक्षा गरिएको छ ।
गोल्डेनगेट र अक्सब्रिज सेमीफाइनलमा
काठमाडौं, ५ पुस/गोल्डेनगेट र आयोजक अक्सब्रिज इन्टरनेसनल कलेज ‘ए’ प्रथम अक्सब्रिज थ्री बाइ थ्री ब्वाइज बास्केटबल प्रतियोगिताको बेचलर्सतर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।महालक्ष्मीस्थानस्थित आयोजकको कोर्टमा गोल्डेनगेटले जेभियर इन्टरनेसनल ‘बी’ लाई २१–१२ ले पराजित गर्यो । गोल्डेनगेटको जितमा अभिषेक सिंहले ९ अंक योगदान गरे । प्रयुश श्रेष्ठको ७ अंक सहयोगमा अक्सब्रिज ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई १७-१५ ले हरायो ।
एक्सेल ग्लोबल सर्भिसेसको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको सोही विधामा सेन्ट जेभियर्स र जेभियर इन्टरनेसनल ‘ए’ पनि सेमिफाइनलमा पुगे । सेन्ट जेभियर्सले कसमसमाथि २०-१७ को जित दर्ता गर्यो । सेन्ट जेभियर्सका दिप्सन केसीले १२ स्कोर गरे । जेभियर इन्टरनेसनल ‘ए’ ले लुम्बिनीलाई १८–१३ ले पाखा लगायो । विजेताका निकेश मगरले ८ अंक जोडे ।
सेमिफाइनलमा सेन्ट जेभियर्सको भेट जेभियर इन्टरनेसनल ‘ए’ संग हुनेछ भने गोल्डेनगेटले अक्सब्रिज ‘ए’ विरुद्ध खेल्नेछ ।प्लस टुतर्फ यसअघि नै सेमिफाइनल समीकरण तयार भइसकेको छ । सेमिफाइनल अक्सब्रिज र टाइम्स तथा नवोदित र रुकिजबीच हुनेछ । प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ ।


