पत्रकार राईलाई हातपात गर्ने माथि कारबाहीको माग

धनकुटा,६ पुष । धरानमा रहेर पत्रकारिता गर्दै आएका पत्रकार दिलबहादुर राई माथि भएको हातपातको घटनाको बिषयमा छानविन गरि दोषीलाई कारबाही गर्न नेपाल पत्रकार महासंघ धनकुटा शाखाले माग गरेको छ ।

आज एक विज्ञप्ती जारी गर्दै नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राईले पत्रकार राई माथी भएको हातपातको घटनाले गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषी लाई कारबाही गर्न माग गर्नु भएको हो ।

पत्रकार राई रेडियो धनकुटा एफएम , रेडियो लालीगुराँस हुदै अहिले धरानमा रहेर पत्रकारिता गर्दै आउनु भएको छ । उहाँ नेपाल पत्रकार महासंघ धनकुटा शाखाको कार्यसमितीमा रहेर समेत काम गरि सक्नु भएको छ ।

जसपा नेता मंगल गुप्ता एमाले प्रवेश, ओलीले गरे स्वागत
काठमाडौं, ६ पुस/जनता समाजवादी पार्टीका नेता मंगल गप्ता नेकपा एमाले प्रवेश गरेका छन् । कपिलवस्तुको बहादुरगञ्जमा आयोजित एमालेको बृहत् जनसभामा अध्यक्ष केपी शर्मा ओलीले सदस्यता दिएर गुप्तालाई पार्टीमा स्वागत गरेका हुन् ।

गुप्तासँगै अन्य नेता कार्यकर्ता पनि पार्टी प्रवेश गरेका छन् । ओली सभालाई सम्बोधन गर्न महासचिव शंकर पोखरेल र सचिव लेखराज भट्ट लिएर सोमबार नै कपिलवस्तु पुगेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖