सहिदभूमि गाँउपालिका धनकुटामा ५ सय भन्दा बढिले गराए मतदाता नामावली दर्ता
धनकुटा । सहिदभूमि गाँउपालिका धनकुटामा आज सम्म ५ सय भन्दा बढिले मतदाता नामावली दर्ता गराएका छन् ।
गत मंशिर २८ गते देखि सञ्चालन गरेको नामावली दर्ता अभियान अन्तरगत आज सम्म गाउपालिका का १६ वर्ष देखि माथिका विभिन्न उमेर समुहका व्यक्तिहरुले मतदाता नामावली दर्ता गरेको गाँउपालिकाको निर्वाचन सम्पर्क फोकलपर्सन बद्री कार्कीले जानकारी दिनु भयो ।
गाँउपालिकाको सात वटै वडामा नामावली संकलन कार्य सम्पन्न भईसकेको निर्वाचन सम्पर्क फोकलपर्सन कार्कीले बताउनु भयो । भोलि सम्म नामावली दर्ता गर्ने अन्तिम समय भएकोले नामावली दर्ता छुटेकाहरुले गाँउपालिकामा सम्पर्क गर्न पनि छिट फुट भएकाहरुलाई आह्वान गरिएको छ ।
आज पनि छिट फुट भएका छुटेका ८२ जनाले नामावली दर्ता गरेको पालिका निर्वाचन सम्पकका फोकल पर्सन कार्कीले जानकारी दिनु भयो । नामावली दर्ता अभियानको अन्तरगत गाँउपालिकाको ६ सय भन्दा बढिले दर्ता गर्ने गाँउपालिकाले जनाएको छ ।


