नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद धनकुटाद्वारा क्या’न्सर पी’डित मगरलाई आर्थिक सहयोग प्रदान
धनकुटा । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद धनकुटाले क्या’न्सर पीडित मिना मगरलाई आर्थिक सहयोग गरेको छ । आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद धनकुटाको नगर कोषमा रहेको रु ३५ हजार र अन्य सहयोगीहरु बाट प्राप्त ७ हजार गरी जम्मा ४२ हजार आर्थिक सहयोग गरेको हो ।
सो रकम आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद धनकुटाका अध्यक्ष रबिन खड्गीले नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद धनकुटाका उपाध्यक्ष ईन्द्र वहादुर लुङगेली मगरलाई हस्तान्तरण गर्नुभएको हो ।
उपाध्यक्ष ईन्द्र लुङगेली मगरको धर्मपत्नी मिना मगर लामो समय देखि मुख र घाँ’टीको क्या’न्सरका कारण हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचरात हुनुहुन्छ । पी’डित मगरको उपचारका लागि नगर सचिव दालामु शेर्पाले रु २ हजार, नेपाल आदिवासी जनजाती महासंघका पूर्व अध्यक्ष पार्वति राई बाट रु १५ सय , फोनिज निवर्तमान जिल्ला अध्यक्ष सन्तविर लामा रु १ हजार ,नागरीक समाज धनकुटाका अध्यक्ष सुन्दर बाबु श्रेष्ठ रु २ हजार र फोनिज जिल्ला उपाध्यक्ष मानवी मोक्तानले रु ५ सय सहयोग गरेको बताईएको छ ।
मगर लामो समय देखि नेपाल मगर संघ , नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद धनकुटाको उपाध्यक्ष भएर काम गरिरहेका थिए । न्युन आर्थिक अवस्था रहेको मगरको हाल श्रीमती क्या’न्सर रोग लागे पछि उपचार गर्न लाखौ खर्च लाग्ने भएपछि अन्य सहयोगी माहानुभावहरुलाई पनि सहयोग गरिदिन अनुरोध गर्नुभएको छ ।
सडककाे ट्याक खाेल्न हेलिकोप्टरमार्फत् डोजर ढुवानी
जाजरकोट, ९ पुस /रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले सडकको अस्थायी ट्याक खोल्न हेलिकोप्टरमार्फत् डोजर ढुवानी गरेकाे छ । अप्ठ्यारो भुगोलका कारण सडक निर्माणका लागि डोजर हेलिकोप्टरबाट ढुवानी गरिएकाे मेयर गोरखबहादुर केसीले जानकारी दिए ।
आठबीसकोट-३ मा रहेको डोजरलाई हेलिकोप्टरबाठ ढुवानी गरेर वडा नम्बर १ मा लगिएकाे हाे । श्रमिक प्रयाेग गरेर सडक खन्न सम्भव नभएपछि डोजरको प्रयोग गर्नुपरेको उनले बताए ।
आठबीसकाेट-३ खदीसम्म सडकको अस्थायी ट्याक खुलेको छ । तर, वडा नम्बर १ को उमाखोला, सिस्ने हिमालको काखमा रहेका चैतेखारा, फिलिगे, रोकाजा र ओग्लेमा सडक खन्न डोजरको सहायता लिनु परेको हो । सिस्ने हिमालको काखमा रहेकाले त्यहाँ अत्यधिक चिसाे हुने गर्छ ।
वडा नम्बर २ को स्यालामा सडक निर्माण गर्दा झारमारे लेकबाट सामग्री ढुवानी गरिएको छ ।


