उधौली चाडको अवसरमा धनकुटामा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न
धनकुटा । धनकुटा किराँत राईहरूले प्रमुख चाडका रूपमा मनाइने उधौली पर्वको अवसरमा धनकुटामा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
साकेला पार्कमा किरात पुजारी दिलबहादुर राईले विधिवत रुपमा पुजा गरि शुभकामा आदनप्रदान गरिएको र विभिन्न जातजाती संघ संगठनका प्रतिनिधीहरुले पर्वको अवसरमा शुभकामना दिएको नेपाल आदीवासी जनजाती महासंघ धनकुटाका अध्यक्ष तथा किरात राई साकेला पार्क मागखीम संरक्षण समितीका अध्यक्ष संजयसन्तोषी राईले जानकारी दिनु भयो ।
साथै कार्यक्रमा साकेला नाचको समेत प्रस्तुती गरिएको उहाँको भनाई थियो। किराँत राईका पुर्खाहरुको भनाइ अनुसर यो पर्वमा बाली लगाउने समयमा वर्षा प्रशस्त होस्, दैवीप्रकोप नपरोस्, आफ्नो समुदायमा रोगव्याधि नलागोस्, सुखशान्ति छाओस् भनेर उभौली मानिन्छ।
त्यस्तै अन्नबाली पाकिसकेपछि प्रकृतिबाट धनधान्य एवं सुखशान्ति प्राप्त भयो भन्ने सन्देश दिन र आउने समयमा पनि यस्तै रहोस् भन्ने कामना सहित मनाउने गरिन्छ। उँधौलीमा आफ्ना पितृ र प्रकृतिको पूजा गर्ने चलन रहेको राईले जानकारी दिनु भयो। वर्षको दुईपटक मनाइने साकेला चाडको उँधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ ।
कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायतका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको किराँत राईहरूले बताएका छन् ।


