नेकपा एमाले धनकुटाले जिल्लाको सात वटै तहमा पौष १२ गते कार्यकर्ता भेलाको आयोजना गर्ने

धनकुटा । नेकपा एमाले जिल्ला कमिटी धनकुटाले भर्खरै चितवनमा सम्पन्न महाधिवेबनको शन्देशलाई व्यापक रुपमा प्रचारप्रसार गर्न तथा पार्टी प्रवेश कार्यक्रमलाई व्यापक बनाउन जिल्लाको सात वटै तहमा पौष १२ गते कार्यकर्ता भेलाको आयोजना गर्ने भएको छ ।

जिल्लाको सात वटै तहमा एकै साथ महाधिवेबनको शन्देशलाई व्यापक रुपमा प्रचारप्रसार गर्न तथा पार्टी प्रवेश कार्यक्रमलाई व्यापक बनाउन कार्यकर्ता भेलाको आयोजना गरेको नेकपा एमाले पार्टी जिल्ला कमिटी धनकुटाले जनाएको छ । कार्यकर्ता भेलालाई भव्य रुपमा सम्पन्न गर्न विभिन्न नेताहरुलाई मुख्य वक्ताको रुपमा तोकिएको छ ।

चौबिसे गाउपालिकामा प्रदेश संसद निरन राई , साँगुरिगढी गाउपालिका प्रदेश संसद इन्द्रमणी पराजुली , शहिदभुमि गाउपालिका केन्द्रिय सदस्य शकुन्तला बस्नेत ,छथरजोरपाटी गाउपालिका केन्द्रिय नेता गोपाल गुरागाई ,पाख्रीबास नगरपालिका प्रदेश कमिटी सदस्य गणेश राई, महालक्ष्मी नगरपालिका केन्द्रिय सदस्य बिनादेवि राई र धनकुटा नगरपालिकामा प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोङ रहेका छन् ।

खाल्साथुम कप खुल्ला पुरुष फुटवल प्रतियोगिताको उपाधि थलथले फुटवल क्लव “ए” लाई

धनकुटा । खाल्साथुम कप खुल्ला पुरुष फुटवल प्रतियोगिताको उपाधि थलथले फुटवल क्लव “ए” ले जितेको छ । खाल्साथुम छिन्ताङ युवा क्लवको आयोजनामा धनकुटाको शहिदभुमी गाउँपालिका २ प्वाँले डाँडा टाकुरेमा पौष ६ गते देखी सञ्चालित फुटवल प्रतियोगितको उपाधि थलथले फुटवल क्लव “ए” ले चुमेको हो ।

समय अभावको कारण फाईनल खेल खेलाउन नसकिएपछि सिक्क पल्टाएर खेलको नतिजा निकालिएकोमा थलथले फुटवल क्लव “ए” प्रथम र थलथले फुटवल क्लव “वी” दोश्रो भएका हुन् । प्रतियोगिताका विजयी प्रथम टिमले नगद ६० हजार ६ रुपयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार पाएको छ भने दोश्रो हुने टिमले नगद ३० हजार ३ रुपयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार प्रदान गरिने प्रतियोगिता आयोजक क्लवका सह सचिव अनिष पुमा राईले जानकारी दिनुभयो ।

प्रतियोगिताको उत्कृष्ठ खेलाडीहरुलाई पनि पुरस्कृत गरिने छ । पुरस्कार एक औपचारिक कार्यक्रमको वीच प्रदान गरिएको पनि उहाँले वताउनुभयो ।

प्रतियोगितामा जम्मा २० टिमले सहभागिता जनाएका थिए । प्रतियोगिता समापनको दिन हिजो बेलुकी साँस्कृतिक साँझ कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा ख्याती प्राप्त राष्ट्रिय कलाकार राजेश पायल राईको वेजोड सांगितिक प्रस्तुती रहको आयोजकले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।