महालक्ष्मीको जितपुरमा ट्याक्टर दु’र्घटना,४ घाइते

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका ७ जितपुरमा अाज ट्याक्टर दूर्घटना भएको छ । दू’र्घटनामा परि पाख्रीबास नगरपालिका -९ बस्ने बर्ष २२ का टेक बहादुर दर्लामी मगर(पाखुरामा चो’ट सामान्य),सोही स्थान बस्ने बर्ष १५ को रितेश आले मगर मुखमा चो’ट (सामान्य),बर्ष ३६ को टेक ब. दर्लामी मगर (दाहिने गालामा चो’ट सामान्य) र बर्ष १५ को भक्त बहादुर मगर (दाहिने हातमा चो’ट अवस्थामा सामान्य) सामान्य घा’ईते भएका छन् ।

घा’ईते सबैको प्राथामिक स्वास्थ्य केन्द्र जितपुरमा उपचार भएको प्रहरीले जनाएको छ । जितपुर साखु भित्रि कच्ची सडक खण्डमा जितपुर बाट साफु तर्फ जांदै गरेको प्रदेश नं. १-०४-००१ त ०३८८ नं को ट्याक्टर ब्रेकफेल भई सडकमा पल्टिदा दूर्घटना भएको थियो ।

जननायक रामप्रसाद राई स्मृतिमा पार्क बन्दै
खोटाङ, ११ पुस /प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको स्मृतिमा पार्क निर्माण सुरू भएकाे छ । खोटेहाङ गाउँपालिका-७ खोटाङबजारमा रहेको ऐतिहासिक टुँडिखेलमा रामप्रसाद राई स्मृतिपार्क निर्माण सुरू भएकाे हाे । क्रान्ति नायक रामप्रसाद राईको त्याग र समर्पणलाई उजागर गर्दै ऐतिहासिक टुँडिखेललाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्यका साथ स्मृतिपार्क निर्माण सुरू गरिएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।

हाल ऐतिहासिक टुँडिखेलमा राईको शालिक, बगैंचा, घेरावारालगायत संरचना निर्माण भइरहेको छ । फुटबल खेल्न प्रयोग हुँदै आएको टुँडिखेलको किनारामा पर्खाल, प्रतिक्षालय लगायतका संरचना बनिसकेको छ । टुँडीखेल संरक्षण तथा स्मृतिपार्कका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७५/६७ मा १० लाख, ०७६/०७७ मा १५ लाख र २०७७/०७८ मा १० लाख विनियोजन गरेको थियो । यस्तै, प्रदेश सरकारबाट आर्थिक वर्ष ०७५/०७६ मा २० लाख र आर्थिक वर्ष ०७७/०७८ मा स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको १० लाख बजेट खर्च भइसकेको छ । गाउँपालिकाले आर्थिक वर्ष ०७७/०७८ मा डिपिआर तयार पारेर स्मृतिपार्क निर्माणको काम अघि बढाएको हो ।

ब्रिटिस सेनाको जागीर छाडेर नेपाली सेनामा भर्ती भएपछि तत्कालिन राणा सरकारले उनको कमाण्डमा खोटाङबजारमा सेना खटाएको थियो । सो टुँडिखेलमा राईले २००५ सालतिर समी, लाकुरी, सिमल र भगवती माबिको प्रांगणमा करवीर फूल रोपेको इतिहास छ । सो टुँडिखेल भने १९६३ देखि १०९० सालकोबीचमा बनेको भगवती दिनानाथ माविका प्रअ एवं खोटाङ क्याम्पस प्रमुख कुमार पराजुलीले बताए । राईले सिराहाबाट समीको बिरुवा ल्याएर टुँडिखेलको किनारामा रोपेका थिए ।

रामप्रसाद राई राणाविरोधी सशस्त्र संघर्षमा पूर्वमा जनमुक्ति सेनाका सर्वोच्च कमान्डर थिए । ००७ सालमा उनकै कमान्डमा भोजपुर अड्डा कब्जा भएकाे इतिहास छ । सरकारले १५ पुस ०७५ मा जननायक राईको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरिसकेको छ ।

जवानबाट बढुवा हुँदै लेफ्टिनेन्ट बनेका राईले खोटाङबजारमै रहेको समयमा राणा सरकारबाट निष्कासित भएपछि घर (भोजपुर) फर्किएर राणा विरोधी गतिविधि सुरू गरेका थिए । खोटाङबजार छाड्नुअघि रामप्रसादले ‘वर्ष दिनभित्र देशमा उथलपुथल हुन्छ’ भन्दै भोजपुरतर्फ हिँडेको स्थानीय बृद्ध एवं पुर्वप्रअ मणिकलाल प्रधान बताउँछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।