श्रीमान टंक माध्यमिक विद्यालयको नवनिर्मित दुई कोठे भवन उदघाटन
धनकुटा । धनकुटा नरगरपालिका वडा नं २ भिरगाउ स्थित श्रीमान टंक माध्यमिक विद्यालयको नवनिर्मित दुई कोठे भवन उदघाटन गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष चन्द्रलाल तामाङको अध्यक्षता तथा संघीय संसद राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यमा आज एक कार्यक्रमका बीच विद्यालयको भवन उदघाटन गरिएको हो ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत संघ सरकारबाट प्राप्त ३२ लाख लगतमा भवन निर्माण गरिएको हो । विद्यालयको भवन उदघाटन गर्नु हुदै संघीय संसद राजेन्द्र राईले शिक्षालाई व्यवसायिक र प्राबिधिक धारमा परिवर्तन गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा शिक्षक, अभिभावक विधार्थिहरूको उपस्थिति थियो ।


