भेडेटारमा खाना महोत्सव हुने

धनकुटा,१२ पुष । अंग्रेजी नयाँ बर्षको अबसर पारेर धनकुटाको पर्यटकियस्थल भेडेटारमा ९ औ परिकार महोत्सव हुने भएको छ ।

धनकुटाको भेडेटारमा सोमबार पत्रकार संमेलन गर्दै आयोजकले दिएको जानकारी अनुसार महोत्सव अंग्रेजी नयाँ बर्षको अवसरम यही पुष १६ गते बाट १८ गते सम्म तीन दिन आयोजना हुने आयोजक होटल एसोसियन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए ।

कोरोना महामारीका कारण थलापरेको पर्ययटन व्यावसाय लाई लयमा फर्काउनका र प्रदेश न १ कै पर्यटकीय स्थान भेडेटार लाई अझ प्रचार प्रसार गर्नका लागि महोत्सव आयोजना गर्न लागिएको आयोजकको भनाई छ ।

महोत्सवमा स्थानीय खानाका परिकार, अर्गानिक खेतीवाट उत्पादित तरकारी तथा फलफुलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु उत्पादनका सामाग्री प्रदर्शनी संगै हेलि फनफाल्इट, जिप लाइन, प्याराग्याईडिङ्ग लगायतका खेलहरु समेत महोत्सवम रहने छन् ।

त्यस्तै भेडेटार आसपासका पर्यटकीय क्षेत्रहरुमा समेत घुम्न पाईने व्यावस्था गरिएको आयोजक समितीका सल्लाकार नरद चेम्जोङ्गले बताए । महोत्सवमा ३० हजार आगन्तुकको सहभागिता रहने तथा १ करोड रुपैयाँसम्मको आर्थिक कारोवार गर्ने लक्ष्य राखिएको आयोजक होटल एसोसिएसन भेडेटारले जनाएको छ ।

२०६९ साल बाट नियमिती महोत्सव हुदै आएकोमा गत बर्ष कोरोना महामारीका कारण महोत्सव स्थिगित गरिएको थियो भने यो बर्ष पनि स्वाथ्य सुरक्षाका मापदण्ड पालना लाई कडाई गर्दै महोत्सव गरिन लागेको आयोजक समितीका अध्यक्ष जितेन्द्र रुम्दाली राईको भनाई रहेको छ ।

महोत्सवको सहआयोजकको रुपमा एनइसती भेडेटार, भेडेटार आमा समुह, पाथीभारा क्लब, लायन्स कल्ब अफ पाथीभरा रहेका छन् त्यस्तै सहयोगिमा संस्थामा साँगुरीगढी गाउँपालिका मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी सहप्रायोजकमा प्रिन्स वाइन,बराहा ग्रुपको भेडेटार शाखा, प्रवद्धकमा नेपाल पर्यटन बोड कार्यक्रम व्यावस्थापक सभर मनोरञ्जन र बैंकिङ्ग पाटनरमा गोर्खा फाइनान्स र नेपाल बैंक लिमिटेड रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।